June 29th, 2021

कमोडिटी मार्केट निर्देशिका लागू, कम्पनीको चुक्ता पुँजी डेढ अर्ब हुनुपर्ने


बैंकिङ खबर/कमोडिटी एक्स्चेन्ज मार्केटसम्वन्धी नीतिगत एवम् प्रकृयागत व्यवस्थासम्वन्धी निर्देशिका २०७८ मंगलबारदेखि लागू भएको छ । निर्देशिकामा
कमोडिटी एक्स्चेन्ज मार्केट (वस्तु विनिमय बजार) संचालन गर्ने कम्पनीको चुक्ता पुँजी न्यूनतम डेढ अर्ब रुपैयाँ तोकिएको छ।
धितोपत्र बोर्डले लागू गरेको निर्देशिकामा अब कमोडिटी एक्स्चेन्ज मार्केट संचालन गर्न चाहने कम्पनीहरुले आवेदन दिन सक्ने जनाइएको छ ।

जसअनुसार कम्पनीको चुक्ता पुँजी न्यूनतम १ अर्ब ५० करोड र २ अर्ब रुपैयाँ तोकिएको छ। कम्पनीहरुले कारोबार गर्ने वस्तुअनुसार चुक्ता पुँजी न्यूनतम डेढ अर्बदेखि २ अर्ब रुपैयाँसम्म तोकिएको हो।

कृषिजन्य उत्पादन, तेलजन्य वस्तु र अन्यको कारोबार गर्ने कम्पनीको चुक्तापुँजी न्यूनतम डेढ अर्ब तोकिएको हो। ती वस्तुसँगै बहुमूल्य धातु (सुन, चाँदी, प्लाटिनम) तथा धातुजन्य वस्तुहरु (आल्मुनियम, तामा, शिशा, निकल) जस्ता वस्तुको समेत कारोबार गर्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब तोकिएको छ।

यस्तो बजार संचालन गर्ने कम्पनीहरुको संस्थापक समूहको सेयर कम्तीमा ५१ प्रतिशत र बढीमा शत प्रतिशतसम्म लगानी गर्ने प्रस्तावसहित बोर्डमा निवेदन दिन सकिनेछ। बोर्डमा आवेदन परेपछि योग्य कम्पनीहरूलाई प्रारम्भिक अनुमति दिइनेछ।

हेर्नुहोस् पूर्णपाठ


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]