मश्रेक बैंकको नेपाल सहायक प्रतिनिधिमा तारा मानन्धर


Bankingkhabar /May 24, 2021

बैंकिङ खबर/दुबईको मश्रेक बैंकको नेपाल सहायक प्रतिनिधिमा तारा मानन्धर नियुक्त हुनुभएको छ । मश्रेक बैंकको नेपाल प्रतिनिधि हेमा अधिकारी रहनुभएकाे छ । अधिकारी पछि मानन्धर सेकेण्डम्यानमा नियुक्त हुनुभएको हो । मश्रेक बैंकको नेपाल सहायक प्रतिनिधि रहेका पृथ्वी श्रेष्ठको गत माघमा कोरोनाको कारण निधन भएपछि खाली रहेको थियो ।
यसअघि मानन्धर प्राइम कमर्सियल बैंकको एजिएम हुनुहुन्थ्यो । कैलाश विकास बैंकको डेपुटी सीईओ रहनुभएका मानन्धर कैलाश बैंकलाई प्राइम बैंकले अक्वायर गरेपछि प्राइममा सहायक महाप्रवन्धक हुनुभएको थियो ।

कैलाश विकास बैंक आउनुअघि मुक्तिनाथ र प्रभु बैंकको डेपुटी सीईओ भैसकेका मानन्धरको दुई दसकभन्दा बढी बैंकिङ अनुभव रहेको छ ।0


सोसिअल मेडिया