Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

पहिलाको तुलनामा उत्पादन र रोजगारी दुवैमा बृद्धि : प्रतिवेदन

२०७८ जेष्ठ ५ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले अघिल्लो बर्ष भन्दा आर्थिक अबस्था राम्रो भएको प्रतिवेदन सहित तत्कालै आर्थिक गतिविधिलाई सुचारु राख्नुपर्नेमा जोड दिएको छ । राष्ट्र बैंकले सार्वजनीक गरेको अध्ययन प्रतिवेदनतमा अधिकाँस सूचकहरु अघिल्लो बर्ष भन्दा रामे देखिएको छ ।

प्रस्तुत छ राष्ट्र बैंकको प्रतिवेदन र सूचांकहरु : 

सन् २०१९ को डिसेम्बरबाट शुरु भएको कोभिड—१९ महामारीका कारण विश्व अर्थतन्त्रमा ठूलो क्षति पुगिरहेको छ, जसबाट नेपाल पनि प्रभावित छ । नेपालले पनि महामारी रोकथामका लागि २०७६ चैत ११ गतेदेखि बन्दाबन्दी लगायतका उपायहरु अवलम्वन ग¥यो । कोभिड–१९ का कारण आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धि ऋणात्मक रह्यो भने २०७७÷७८ मा कमै रहने अनुमान रहेको छ । केही समय बन्दाबन्दी हटाइएकोमा २०७८ बैशाख १६ गतेदेखि पुनः सोही अवस्था शुरु भएको छ ।

कोभिड—१९ ले व्यवसायमा पारेको असर अध्ययन गर्न यस बैंकले २०७७ असारमा ५२ जिल्लाका ६७४ उद्योेगी÷व्यवसायीहरुबाट तथ्याङ्क संकलन गरी सोको प्रतिवेदन सार्वजनिक गरेको थियो । सो सर्वेक्षणले बन्दाबन्दी पश्चात औसतमा ६१.०३ प्रतिशत उद्योग÷व्यवसायहरु सञ्चालन हुन नसकेको र ४.१ प्रतिशत उद्योग÷व्यवसायहरुमात्र पूर्ण रुपमा सञ्चालनमा रहेको देखाएको थियो । त्यसैगरी, बन्दाबन्दी केही खुकुलो भएपछि २०७७ मंसिरमा प्रथम पुनरावृत्ति सर्वेक्षण सम्पन्न गरिएको थियो ।

व्यवसाय सञ्चालन सम्बन्धी पछिल्लो वस्तुस्थिति बारे २०७७ असार र मंसिरको सर्वेक्षणमा सहभागी व्यवसायीहरुबाट पुनः तथ्याङ्क संकलन गरी तुलनात्मक अध्ययन गर्न २०७८ बैशाख ५ देखि १४ गतेसम्म दोस्रो पुनरावृत्ति सर्वेक्षण सम्पन्न गरिएको छ । पुनरावृत्ति सर्वेक्षणले २०७७ असारको सर्वेक्षणको तुलनामा उद्योग÷व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोबारमा उल्लेख्य सुधार आएको देखाएको छ ।

कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी दोस्रो पुनरावृत्ति सर्वेक्षण प्रतिवेदन :

कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रण गर्न २०७६ चैत ११ गतेदेखि अवलम्बन गरिएको बन्दाबन्दी लगायतका उपायहरुका कारण आर्थिक क्रियाकलापहरु प्रभावित हुन पुगे । संक्रमण रोकथामका लागि अपनाइएका गैर स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डहरुलाई क्रमशः खुकुलो बनाउँदै लगिएसँगै आर्थिक गतिविधि सञ्चालनमा सहजता आयो ।

बन्दाबन्दीका कारण उद्योग व्यवसायमा परेको असर अध्ययन गर्न यस बैंकले २०७७ असारमा एक अनलाइन सर्वेक्षण सम्पन्न गरी सोको प्रतिवेदन सार्वजनिक गरेको थियो । विभिन्न उद्योग÷व्यवसाय सञ्चालन गर्ने साना–ठूला गरी जम्मा ६७४ उद्योग÷व्यवसायहरु सर्वेक्षणमा समावेश भएका थिए ।

२०७७ असारपछि सरकारले बन्दाबन्दीको व्यवस्थामा क्रमशः खुकुलो गर्दै लगेकोले उद्योग व्यवसायको गतिविधि पनि सुधार हँुदै गएको स्थिति थियो । तसर्थ, पछिल्लो व्यवसायिक स्थिति अद्यावधिक गर्ने उद्देश्यले २०७७ असारको सर्वेक्षणमा समावेश मुलभुत प्रश्नावली र उत्तरदाताहरु समावेश गरी २०७८ बैशाख ५ देखि १४ गतेसम्म यो दोस्रो पुनरावृत्ति सर्वेक्षण सम्पन्न गरिएको छ ।


अघिल्लो सर्वेक्षणहरुको संक्षिप्त पूनरावलोकन
यस बैंकले २०७७ जेठ २६ गतेदेखि असार १० गतेसम्म सम्पन्न गरेको शुरुको सर्वेक्षणले बन्दाबन्दी अवधिमा सर्वेक्षणमा सहभागी ४ प्रतिशत उद्योग/व्यवसाय पूर्ण रुपमा सञ्चालनमा रहेको, ३५ प्रतिशत उद्योग/व्यवसाय आंशिक रुपमा सञ्चालनमा रहेको र ६१ प्रतिशत उद्योग/व्यवसायहरु पूर्णरुपमा बन्द रहेको देखाएको थियो । सो सर्वेक्षणले कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा उद्योग÷व्यवसायले औसतमा करिब २९ प्रतिशत मात्र उत्पादन÷कारोबार गरेको, ७७.५ प्रतिशत मात्र रोजगारी प्रदान गरेको र ६३.४ प्रतिशत मात्र तलब—ज्यालामा खर्च गरेको देखाएको थियो ।

 त्यसैगरी, यस बैंकले २०७७ मंसिरमा सम्पन्न गरेको पहिलो पुनरावृत्ति सर्वेक्षणले ५४ प्रतिशत उद्योग÷व्यवसाय पूर्ण रुपमा सञ्चालनमा रहेको, ७ प्रतिशत उद्योग÷व्यवसाय आंशिक रुपमा सञ्चालनमा रहेको र ९ प्रतिशत उद्योग÷व्यवसायहरु पूर्णरुपमा बन्द रहेको देखाएको थियो । सो सर्वेक्षणले २०७६ फागुनको तुलनामा २०७७ मंसिरमा उद्योग÷व्यवसायले औसतमा ५०.५ प्रतिशत उत्पादन÷कारोबार गरेको, ८७.५ प्रतिशत रोजगारी प्रदान गरेको र ७०.४ प्रतिशत मात्र तलब—ज्यालामा खर्च गरेको देखाएको थियो ।

 

सर्वेक्षण विधि र संरचना
प्रस्तुत सर्वेक्षण २०७८ बैशाख महिनाको ५ गतेदेखि १४ गतेसम्म टेलिफोन अन्तरवार्तामार्फत सम्पन्न गरिएको छ । गत असारमा सहभागी ६७४ उत्तरदाताहरुमध्ये करिब ८४ प्रतिशत अर्थात् ५६२ जना उद्योगी÷व्यवसायीहरुले यस सर्वेक्षणमा सहभागिता जनाएका छन् ।

उद्योगी/व्यवसायीहरुलाई सोधिएको प्रश्नावलीमा “कोभिड—१९ महामारीका कारण बन्दाबन्दी शुरुवात हुनुभन्दा अगाडी २०७६ फागुन महिनाको अवस्थासँग तुलना गर्न लगाइएको थियो । 

 यस सर्वेक्षणमा यस बैंकद्वारा २०७७ असारमा प्रकाशित “कोभिड—१९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धी अध्ययन प्रतिवेदन” मा उल्लेख भए अनुसारको औद्योगिक क्षेत्रहरु प्रयोग गरिएको छ । सर्वेक्षणको तथ्याङ्क विश्लेषण गर्दा राष्ट्रिय औसत निकाल्ने प्रयोजनका लागि राष्ट्रिय आर्थिक गणना, २०७५ अनुसारको उद्योग/व्यवसाय संख्यालाई भाराङ्कको रुपमा प्रयोग गरिएको छ  । तर रोजगारी र तलब–ज्याला सम्बन्धी तथ्याङ्क विश्लेषण गर्दा भने राष्ट्रिय आर्थिक गणना, २०७५ मा उल्लिखित क्षेत्रगत रोजगारी संख्यालाई भाराङ्कको रुपमा प्रयोग गरिएको छ 

सर्वेक्षणमा औद्योगिक वर्गीकरण अनुसार थोक तथा खुद्रा व्यापारबाट सर्वाधिक २८.१ प्रतिशत, उत्पादनमुलक उद्योगबाट १९ प्रतिशत र होटल तथा रेष्टुरेन्टबाट १७.१ प्रतिशत नमुना प्राप्त भएका छन् । सबैभन्दा कम विद्युत्, ग्याँस तथा पानी क्षेत्रबाट ०.५ प्रतिशत र खानी तथा उत्खनन क्षेत्रबाट करिब १ प्रतिशतको सहभागिता रहेको छ । अध्ययनले समेटेका सबै औद्योगिक क्षेत्रको नमुना संख्याको प्रतिशत शुरुको सर्वेक्षण सरह करीब समान रहेको छ