August 21st, 2016

भारतीय केन्द्रीय बैंकको नयाँ गभर्नरमा उर्जित पटेल 

N1भारतीय केन्द्रीय बैंक ‘रिजर्व बैंक अफ इन्डिया (आरबीआई)’को नयाँ गभर्नरमा उर्जित पटेल नियुक्त भएका छन् । नरेन्द्र मोदी नेतृत्वको सरकारले पटेललाई नयाँ गभर्नरका रुपमा नियुक्त गरेको हो । ‘रकस्टार गभर्नर’ रघुराम राजनलाई विस्थापित गर्दै आगामी सेप्टेम्बर ४ पछि पटेलले २४ आँै गभर्नरका रुपमा आरबीआईको नेतृत्व समाल्नेछन् । भारतीय क्याबिनेट सेक्रेटरीको अध्यक्षतामा रहने ‘फाइनान्सियल सेक्टर रेगुलेटरी अपोइन्टमेन्ट सर्च कमिटी’को सिफारीशमा मन्त्रीपरिषदले पटेललाई तीन वर्षको कार्यकालका लागि गभर्नर नियुक्त गरेको हो । 

५२ वर्षीय पटेल गत जनवरीमा मात्रै तीन वर्षे कार्यकालका लागि आरबीआईको डुपटी गभर्नरमा पनः नियुक्त भएका थिए । उनी सन् २०१३ यता आरबीआईका मौद्रिक नीति विभागमा थिए । आरबीआईका चारजना डेपुटी गभर्नरमध्ये पटेलले बाजी मारेका हुन् । गभर्नर रघुराम राजनको मौद्रिक नीतिबारे संसारभर तारिफ भईरहेका बेला मोदी सरकारले राजनको उत्तराधिकारी आरबीआईभित्रैबाट खोजेको हो । अझ मौद्रिक नीति विभाग हेर्ने डेपुटी गभर्नरलाई नै नयाँ गभर्नरमा नियुक्ति पछाडी सरकारले राजनको नीतिलाई निरन्तरता दिन सक्ने व्यक्ति छानेको भारतीय विश्लेषकहरुले बताएका छन् ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]