Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एसबीआई बैंकको सञ्चालक समितिको अध्यक्षमा आचार्य

२०७३ असार २० गते

krishna prasadनेपाल एसबीआई बैंकको सञ्चालक समितिको अध्यक्षमा कर्मचारी सञ्चय कोषका प्रशासक कृष्ण प्रसाद आचार्य चयन भएका छन् । सोमबार बसेको बैंकको सञ्चालक समितिको बोर्ड बैठकले आचार्यलाई अध्यक्ष चयन गरेको हो । 
 
यस अघि बैंकको अध्यक्ष रहेकी हसनादेवी शर्मा कोषबाट सेवा निबृत्त भएपछि प्रशासक आचार्य नै बैंक सञ्चालक समितिका अध्यक्ष भएका हुन् । नेपाल एसबीआई बैंकमा कर्मचारी सञ्चय कोषको १५.०३ प्रतिशत सेयर लगानी छ ।