Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

लुम्बिनी बैंकका सीईओले किन छोडे बैंक ?

admin २०७३ असार २० गते
सेयर:

sovandevलुम्बिनी बैंकका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले बैंक छोडेका छन् । उनले आइतबार साँझ आफ्ना कर्मचारीहरुलाई ईमेल लेख्दै बैंक छाडेको जानकारी दिए । लुम्बिनीसँगको १० बर्षे यात्राबाट सोमबारदेखि अलग भएको ईमेलमा लेखेका छन् । लुम्बिनीमा कार्यकाल बाँकी छँदै सञ्चालक समितिलाई अब नबस्ने जानकारी गराएका थिए । उनकै आग्रहमा सञ्चालक समितिले पन्तलाई बाहिरिन अनुमति दिएको हो । लुम्बिनी बैंक छोडेपनि बैंकिङ भने नछोड्ने उनले बताएका छन् ।   

२०४१ सालबाट बैंकिङ करियर सुरु गरेका पन्तले नेपाल राष्ट्र बैंकको विशेष आग्रहमा २०६२ सालदेखि लुम्बिनी बैंकको नेतृत्व लिएका थिए । नबिल बैंकबाट करियर सुरु गरेका पन्त त्यस बेला वित्ती क्षेत्र सुधार कार्यक्रम अन्तर्गत नेपाल बैंकको व्यवस्थापन समूहमा थिए । उनले वित्तीय क्षेत्रमा ३२ बर्ष बिताएका छन् ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।