March 18th, 2020

कार्यबाहक गभर्नरको जिम्मेवारी चिन्तामणि शिवाकोटीलाई

बैंंकिङ खबर । नेपाल राष्ट्र बैंकको कार्यबाहक गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई दिइएको छ । मन्त्री स्तरीय निर्णयबाट अर्को व्यवस्था नभएसम्मका लागि सिवकोटीलाई कार्यबाहक गभर्नरको जिम्बेवारी दिइएको अर्थमन्त्रालयले जनाएको छ । गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यकाल सकिएपछि अर्थमन्त्रालयले शिवाकोटीलाई कामू गभर्नरको जिम्मेवारी दिएको हो । गभर्नर डा. चिरंजीवि नेपालले ५ वर्षे कार्यकाल पुरा पुरा गरि विदा भएका छन् । सरकारले एकमहिना अघि नै नयाँ गभर्नर नियुक्त गर्नुपर्ने प्रावधान छ । तथापि प्रधानमन्त्रीको स्वास्थ्य अबस्थाका कारण मन्त्रीपरिषदको बैकठ बस्न नसक्दा ढिलाई भएको हो । नयाँ गभर्नर नियुक्त हुन समय लाग्ने भएपछि डेपुटी गभर्नर सिवकोटीलाई अर्थमन्त्रालयले कार्यबाहक गभर्नरको जिम्मेवारी दिएको छ । बैंकिङ विज्ञका रुपमा समेत परिचित शिवाकोटी गभर्नर नेपाल देश बाहिर रहँदा पनि कार्यबाहकको रुपमा काम गर्दे आएका व्यक्ति हुन् । उनी अबको गभर्नरका रुपमा मुख्य दावेदार एवं योग्य व्यक्ति समेत हुन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]