बैंकिङ खबर । सिडिएससी र एनसीएचएलमा आवद्ध ७५ भन्दा बढी बैंक तथा वित्तीय संस्थामार्फत कारोबार सम्बन्धी रकम तथा धितोपत्र भुक्तानी तथा राफसाफ गराउन सकिने भएपछि सेयर बजारमा अनलाइन कारोबार बढेको छ । नेप्सेका अनुसार पछिल्लो ७ कारोबार दिनको तथ्यांकलाई हेर्दा अनलाइनबाट मात्रै एक तिहाई कारोबार भएको छ भने माघ अन्तिमसम्मको तथ्यांक हेर्दा दैनिक औसत कारोबार रकम एक अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । जबकी गत वर्ष यस्तो औसत कारोबार ३० करोड रुपैयाँ मात्रै थियो ।
साताको अन्तिम दिन बिहीबारको कारोबारमा इतिहासकै सबैभन्दा बढी रकमको सेयर किनबेच भएको छ । बिहीबार २३ हजार नौ सय कारोबारमा दुई अर्ब ७८ करोड ५० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
गत वर्षको कात्तिक २० गतेदेखि नेप्से अनलाइन कारोबार प्रणाली (नट्स) को औपचारिक सुरुवात भएको थियो । त्यसयता, अनलाइन गतिविधि क्रमिक रुपमा बढ्दै गएको नेप्सेको ठम्याई छ ।