Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकमा डेपुटी गभर्नर शिवराज श्रेष्ठको पुनर्बहाली

२०७६ माघ २ गते

सरकारले नेपाल राष्ट्र बैंकका निलम्बनमा परेका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई सफाई दिएको छ । सरकारका प्रवक्ता गोकुल बास्कोटाले डेपुटी गभर्नर श्रेष्ठलाई पुनर्बहाली गर्ने निर्णय गरेको जानकारी दिनुभएको हो । अर्थ मन्त्रालयमार्फत पठाइएको प्रतिवेदन अध्ययनपछि श्रेष्ठ निर्दोष रहेको पाइएकोले सफाइ दिइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको भनाई छ । यस सँगै श्रेष्ठको निलम्बन पनि फुकुवा भएको र अब नियमित काममा फर्किन पाउने भएका छन् । 

प्रवक्ता बाँस्कोटाले श्रेष्ठमाथि आरोप लागेकाले छानबिन भएको तर अनुसन्धान रिपोर्टमा उनी विरुद्ध त्रुटी नदेखिएपछि सफाइ दिएको बताउनुभयो । राष्ट्र बैंकका सञ्चालक श्रीराम पौडेलको संयोजकत्वमा सञ्चालकहरू रामजी रेग्मी र सुबोध कर्ण सदस्य रहेको समितिले श्रेष्ठ दोषी रहेको प्रतिवेदन पेश गरेको थियो ।
श्रेष्ठमाथि बैंक तथा वित्तीय संस्थाको खराब कर्जा लुकाउन सहयोग गरेको, विदेश भ्रमणका क्रममा अनावश्यक खर्च देखाएको, निजी कम्पनी एनसेललाई सघाएको लगायतका आरोप लागेको थियो ।

अनियमितताको आरोपमा परेका श्रेष्ठ कात्तिक १८ गतेदेखि निलम्बनमा परेका थिए ।