Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

लघुवित्त बैंकर्स संघको अध्यक्षमा बसन्तराज लम्साल निर्वाचित

२०७६ आश्विन १२ गते

बैंकिङ खबर । नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्षमा बसन्तराज लम्साल चयन भएका छन् । आइतबार सम्पन्न संघको १३ औँ वार्षिक साधारणसभाले लम्सालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । अर्का आकांक्षी लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माले उम्मेद्वारी फिर्ता लिएपछि लम्साल निर्विरोध निर्वाचित भएका हुन् । विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत लम्साल संघको अघिल्लो कार्यसमितिमा महासचिव थिए ।

संघको उपाध्यक्षमा फस्र्ट माइक्रोफाइनान्सका भेषराज पन्थी निवार्चित भएका छन् भने सचिवमा वोमी लघुवित्तका प्रमेश आचार्य निविरोध निर्वाचित भएका छन्, भने कोषाध्यक्षमा मेरो माइक्रो फाइनान्सका रामहरी दाहाल दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् ।

महासचिव, कोषध्यक्ष र सदस्यमा निर्विरोधको पहल भएपनि सहमति हुन नसकेपछि चुनाव हुने भएको छ ।