Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

शेयर डिम्याट गर्न शेयरधनीलाई एनबि इन्स्योरेन्सको आह्वान

२०७३ जेष्ठ २० गते

nbएनबि इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरुलाई शेयर डिम्याट गर्न आह्वान गरेको छ । पूर्ण डिम्याट भएको शेयर मात्र कारोबार हुने व्यवस्था भइसकेकोले कम्पनीले यस्तो आह्वान गरेको जनाएको छ । कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आइएमइ क्यापिटलबाट समेत शेयर डिम्याट गर्न सकिने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ ।

कम्पनीले कारोबार गर्न पर्याप्त शेयर डिम्याट भएका कारोबार खोल्न नेप्से, धितोपत्र बोर्ड तथा बीमा समितिमा निवेदन दिने भएको छ । नियामकहरुले कारोबार खुला गरेपनि कारोबार गर्न पर्याप्त शेयर डिम्याट नभएमा कारोबार रोक्का नै रहने गरेको छ । कम्पनी अनुसार चुक्तापूँजीको कम्तीमा ५ देखि १५ प्रतिशत शेयर डिम्याट भएमा मात्र कारोबारको लागि पर्याप्त मानिने गरिएको छ ।