January 16th, 2019

आईपिओ जारी गर्ने पहिलो पे.टि.भि. बन्दै डिसहोम

बैंकिङ खबर । डिस मिडिया नेटवर्कले आगामी आर्थिक बर्षमा आईपिओ जारी गर्ने निर्णय गरेको छ । कम्पनीको ९औं बाष्र्बिाक साधारणसभाले आफ्नो कुलजारी पुँजीको न्यूनतम १० प्रतिशत सेयर सर्वसाधारणको लागि जारी गर्ने भएकोे हो । 

साधारणसभाले यस अघिकै संचालक समितिलाई आगामी ४ बर्षका लागि निरन्तरता दिने निर्णय गरेको छ । संचालक समितिको अध्यक्षमा हेमराज ढकाल चयन भएका छन् । 

नेपालमा रहेका ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको डिशहोम सर्वसाधारणका लागि सेयर जारी गर्ने पहिलो पे टि.भि. कम्पनि हुने भएको छ । 

स्याटेलाइट प्रविधिमा आधारित नेपालको एक मात्र डि.टि.एच. सेवा प्रदायक डिशहोमले शहर देखि ग्रामिण भेगमा बस्ने नेपालीलाई आफ्नो रोजाई अनुसारको एच.डी. तथा एस.डी. प्याकेजहरु प्रदान गर्दै आईरहेको छ 


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]