Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

आईपिओ जारी गर्ने पहिलो पे.टि.भि. बन्दै डिसहोम

२०७५ माघ २ गते

बैंकिङ खबर । डिस मिडिया नेटवर्कले आगामी आर्थिक बर्षमा आईपिओ जारी गर्ने निर्णय गरेको छ । कम्पनीको ९औं बाष्र्बिाक साधारणसभाले आफ्नो कुलजारी पुँजीको न्यूनतम १० प्रतिशत सेयर सर्वसाधारणको लागि जारी गर्ने भएकोे हो । 

साधारणसभाले यस अघिकै संचालक समितिलाई आगामी ४ बर्षका लागि निरन्तरता दिने निर्णय गरेको छ । संचालक समितिको अध्यक्षमा हेमराज ढकाल चयन भएका छन् । 

नेपालमा रहेका ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको डिशहोम सर्वसाधारणका लागि सेयर जारी गर्ने पहिलो पे टि.भि. कम्पनि हुने भएको छ । 

स्याटेलाइट प्रविधिमा आधारित नेपालको एक मात्र डि.टि.एच. सेवा प्रदायक डिशहोमले शहर देखि ग्रामिण भेगमा बस्ने नेपालीलाई आफ्नो रोजाई अनुसारको एच.डी. तथा एस.डी. प्याकेजहरु प्रदान गर्दै आईरहेको छ