October 25th, 2018

चौतारी लघुवित्तको ब्यवसाय बृद्धिमा छलाङ

बैंकिङ खबर । बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त वित्तिय संस्थाले आ.व२०७५।०७६को पहिलो त्रैमासिकमा रु ५८ लाख ९१ हजार मुनाफा हासिल गर्न सफल भएको छ लघुवित्तको नाफा गत आ.व. २०७४।०७५को पहिलो त्रैमासिकको तुलनामा १०८ प्रतिशत बढी हो । 

कर्जातर्फ १०६ प्रतिशतले वृद्धि गरी ९२ करोड ७५लाख पुर्याएको संस्थाले बचततर्फ १६१ प्रतिशतले वृद्धि गरी रु २७ करोड २५ लाख पुर्याउन सफल भएको छ ।

१५ जिल्ला कार्यक्षेत्र भई ५४ शाखा संजालमार्फत कुल ३१२०७ जना विपन्न महिलाहरुलाई समुहमा आवद्ध गरी कर्जा तथा बचत सेवाको माध्यमबाट आर्थिक एवं सामाजिक विकासमा टेवा पुर्याउँदै आएको छ।