Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

ङादी ग्रुपको साधारण शेयर बाँडफाँड बुधबार 

२०७३ जेष्ठ ११ गते

ngadiङादी ग्रुप पावरले सर्वसाधारणका लागि निष्काशन गरेको पौने १० लाख कित्ता साधारण शेयर बुधबार बिहान बाँडफाँड हुँदैछ । कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटल लिमिटेडको कार्यालय लाजिम्पाटमा जेठ १२ गते बुधबार बिहान ८ बजे शेयर बाँडफाँड हुन लागेको हो ।

गत चैत २१ देखि चैत २५ सम्म साधारण शेयर निष्काशन भएको थियो भने माग गरिएको शेयर भन्दा ९० गुणा बढीको आवेदन परेको थियो । ९ करोड ७३ लाख ७३ हजार ७ सय रुपैंयाको शेयरका लागि ८ अर्ब ७६ लाख रुपैंया भन्दा बढीको आवेदन परेको थियो ।

कम्पनीको हालको चुक्ता पूँजी ३८ करोड ९४ लाख रुपैंया रहेको छ । सर्वसाधारणका लागि निष्काशन भएको ९ लाख ७३ हजार ७ सय ३७ कित्ता शेयर बाँडफाँड पश्चात कम्पनीको चुक्ता पूँजी ४८ करोड ६८ लाख रुपैंया पुग्ने छ ।