ङादी ग्रुप पावरले सर्वसाधारणका लागि निष्काशन गरेको पौने १० लाख कित्ता साधारण शेयर बुधबार बिहान बाँडफाँड हुँदैछ । कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटल लिमिटेडको कार्यालय लाजिम्पाटमा जेठ १२ गते बुधबार बिहान ८ बजे शेयर बाँडफाँड हुन लागेको हो ।
गत चैत २१ देखि चैत २५ सम्म साधारण शेयर निष्काशन भएको थियो भने माग गरिएको शेयर भन्दा ९० गुणा बढीको आवेदन परेको थियो । ९ करोड ७३ लाख ७३ हजार ७ सय रुपैंयाको शेयरका लागि ८ अर्ब ७६ लाख रुपैंया भन्दा बढीको आवेदन परेको थियो ।
कम्पनीको हालको चुक्ता पूँजी ३८ करोड ९४ लाख रुपैंया रहेको छ । सर्वसाधारणका लागि निष्काशन भएको ९ लाख ७३ हजार ७ सय ३७ कित्ता शेयर बाँडफाँड पश्चात कम्पनीको चुक्ता पूँजी ४८ करोड ६८ लाख रुपैंया पुग्ने छ ।