Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

वाणिज्य बैंकमा करिब दुई सय जनालाई रोजगारी

२०७५ असार ५ गते

बैंकिङ खबर । दुई वटा वाणिज्य बैंकले झन्डै दुई सय जना कर्मचारी माग गरेका छन् । जनता बैंक नेपाल लिमिटेड र सिभिल बैंक लिमिटेडले विभिन्न पदका लागि अनुभवी तथा फ्रेस कर्मचारी माग गरेका हुन् ।

सिभिल बैंकले १२७ जना कर्मचारी माग गरेको छ । यो बैंकमा एप्लाई गर्ने म्याद भोली ( असार ६ गते)सम्म मात्रै रहेको छ । बैंकले २१ जना शाखा प्रबन्धक, तीन जना इन्टिग्रेटेड रिस्क मेनेजमेन्ट अफिसर, दुई जना कम्प्लायन्स अफिसर, एक जना रेमिट्यान्स अफिसर, ३२ जना रिलेसनसिप मेनेजर, आठ जना चार्टर्ड एकाउन्टेन्ट, एक जना अफिसर सीईओ अफिसका लागि, २० जना अपरेसन इन्चार्ज, एक जना आर एण्ड डी अफिसर, दुई जना ब्रान्च स्टाब्लिसमेन्ट अफिसर, दुई जना लिगल अफिसर, एक जना बैंकास्योरेन्स अफिसर, १२ जना मार्के्टिङ अफिसर, सात जना एसिस्टेन्ट रिलेसनसिप अफिसर, चार जना सीएडी अफिसर र १० जना अपरेसन एसिस्टेन्ट मागेको छ । सबै पदका लागि अनुभव मागिएको छ । आवेदन अनलाइनबाट दिनुपर्नेछ ।

पूरा भ्याकेन्सी हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://wwww.civilbank.com.np/uploads/career/Vacancy%202018_20180606013201.pdf
अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://wwww.civilbank.com.np/apply-online/

जनता बैंकमा आवेदन दिने म्याद भने  असार १३ गतेसम्म रहेको छ । बैंकले ५० जना मेनेजमेन्ट ट्रेनी मागेको छ । आवेदन दिनका लागि अनुभव अनिवार्य नभएको बैंकले उल्लेख गरेको छ । व्यवस्थापन संकायमा स्नातकोत्तर वा सोसरह उतीर्ण गरेका उमेर ३० वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । आवेदन अनलाइनबाटै दिनुपर्नेछ ।