नेपाल बैंकले लिलामीमा राखेको नेपाल ईन्स्योरेन्सको शेयरको आवेदन बुधबार खोलिने भएको छ । उक्त शेयर का लागि मंगलबारसम्ममा ६३ वटा आवेदन परेको छ । ऋणात्मक रहेको आफ्नो पूँजी कोष सुधारका लागि नेपाल बैंकले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्स्योरेन्सको १० लाख ३१ हजार कित्ता संस्थापक शेयर लिलामीमा लगेको थियो । शेयरको विक्रि प्रबन्धक रहेको सिद्धार्थ क्यापिटलका अनुसार नेपाल बैंकले लिलामीमा राखेको नेपाल इन्स्योरेन्सको शेयरमा व्यक्तीगत तथा कर्पोरेट लगानीकर्ताको धेरै आवेदन परेको छ ।
नेपाल बैंकले नेपाल ईन्स्योरेन्सको १० लाख ३१ हजार ६ सय ७४ कित्ता संस्थापक शेयर न्युनतम मूल्य ४ सय रुपैयाँमा बिक्री गर्ने निर्णय गरेको थियो । यस शेयर बिक्रीबाट नेपाल बैंकले कम्तिमा ५० करोड आम्दानी गर्ने अपेक्षा गरेको छ ।