Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

ग्लोबल आइएमई बैंकले थप्यो तीन शाखारहित बैंकिङ्ग सेवा

२०७४ फाल्गुन २१ गते

ग्लोबल आइएमई बैंकल आइतबार(फागुन २० गते) सिराहा जिल्लाको अर्नमा गाँउपालिका वडा नं. १, महानौरमा आफ्नो ७५ औँ,  धनुषा जिल्लाको पिपरा गाँउपालिका वडा नं. ६, रतौली बजारमा ७६औँ र सोही जिल्लाकै नगर्राइन गाँउपालिका वडा नं. ३, फुलगामामा ७७औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । 

सिराहा जिल्लाको महानौरमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानीय सिता राम महतो, धनुषा जिल्लाको रतौली बजारमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानिय सुरेन्द्र कुमार मण्डल र उक्त जिल्लाकै फुलगामामा खोलिएका शाखारहित बैंकिङ्ग सेवाको लागि दिपेन्द्र प्रसाद शाहलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । 

यसका साथै धनुषा जिल्लाको फुलगामामा खोलिएको शाखारहित बैंकिङ्ग सेवा उद्घाटन समारोहमा त्यस क्षेत्रका बासिन्दामा वित्तीय साक्षरता जगाउने उद्धेश्यले बैंकले “वित्तीय साक्षरता कार्यक्रम” पनि आयेजना गरेको थियो । उक्त वित्तिय साक्षरता कार्यक्रममा ग्लोबल आइएमई बैंकका “तालिम तथा बैंक बिज्ञ” पुर्णमान नापितले उक्त  क्षेत्रमा बसोबास गर्ने विद्यार्थी, व्यापारी, सरकारी तथा गैह्र सरकारी कर्मचारी, आमा समूह तथा अन्य स्थानीय बासीहरुलाई बैंक तथा वित्तिय संस्थाको आवश्यकता र औचित्यका बारेमा बारेमा जानकारी गराएका थिए । उक्त कार्यक्रममा १०० जना भन्दा बढीको उपस्थिति थियो । 

कार्यक्रमका सहभागीहरुले ग्लोबल आइएमई बैंक लि. ले आयोजना गरेको वित्तिय साक्षरता कार्यक्रम आयोजना गरेर बैंक तथा वित्तिय संस्थाको आवश्यकता र औचित्यको बारेमा जानकारी प्रदान गरेकोमा सहभागी स्थानीयहरुले बैंकप्रति आभार व्यक्त गरेका थिए । साथै उनीहरुले ग्लोबल आइएमई बैंक लि. ले प्रदान गर्ने विभिन्न सेवाहरुको बारेमा प्रश्न गरेका थिए ।