Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

शुक्रबार र शनिबार बैंकिङ एक्स्पो हुँदै

२०७४ माघ १८ गते

बैंकिङ खबर । शुक्रबार र शनिबार काठमाडौँको भृकुटीमण्डपमा दोस्रो बैंकिङ एक्स्पो २०१८ को आयोजना हुने भएको छ । नेपाल राष्ट्र बैंकको प्रवद्र्धन एवम् बीमा समिति, नेपाल धितोपत्र बोर्ड, नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ र माइक्रोफाइनान्स बैंकर्स संघसँगको सहकार्यमा मिडिया इन्टरनेशनलले उक्त सूचना मेलाको आयोजना गर्न लागेको हो ।   

बैंक वित्तसम्बन्धी सूचना मेलाको रुपमा आयोजना गर्न लागिएको एक्स्पोले विशेष गरी मेनेजमेन्ट अध्ययन गरेका वा गरिरहेका विद्यार्थी वर्ग, गरिरहेको व्यवसाय बढाउन चाहने उद्यमीहरु, रकमको अभावमा उद्यम सुरु गर्न नसकिरहेका जुझारु युवा र स्वदेशमै केही गर्छु भनेर अवसर खोजिरहेका व्यक्तिहरुलाई लक्षित गरिएको छ । एक्स्पोमा सहभागी हुनका लागि कुनै किसिमको शूल्क लाग्ने छैन । 

काठमाडौँमा दोस्रोपटक आयोजना गर्न लागिएको बैंकिङ एक्स्पोमा नेपाल राष्ट्र बैंक, बीमा समिति, धितोपत्र बोर्ड, युवा स्वरोजगार कोष, ब्रोकर एसोसिएसन लगायत विभिन्न वित्तीय संघसंस्था तथा बैंक, बीमा, रेमिट्यान्स, मर्चेन्ट बैंक लगायतले आआफ्नो सूचनामूलक स्टलहरु संचालन गर्नेछन् । 

एक्स्पोमा दुई दिनसम्म बैंक, बीमा, सेयर बजार एवम् उद्यमशीलता विषयमा विषयगत विज्ञहरु सम्मिलित गोष्ठी समेत संचालन हुनेछ । यसपालीको एक्स्पोमा सेयर बजार र बैंकिङ प्रविधिलाई फोकस गरेर गोष्ठी संचालन गरिने बताइएको छ । 

Ad