डिजिटल सेवा प्रदायक कम्पनी जुमले नेपालमा आफ्नो सेवा सुरु गरेको छ । कम्पनीले नेपालमा ल्याएको सेवाअन्तर्गत मोबाइलको रिचार्ज लगायतको मोबाइल बैंकिङ सेवा उपलब्ध हुनेछ । कम्पनीले नेपालमा सेवा प्रदानको लागी एभरेष्ट बैंकसंग सहकार्य गर्ने जनाएको छ । जुम कम्पनीले नेपालमा अमेरिकाबाट राखिएको रकम तत्काल प्रदान गर्ने किसिमको योजना अघि सारेको छ । उपभोक्ताहरुले नेपालमा पैसा पाउनको लागी नबिल बैंकबाहेक अन्य बैंकहरुमा खाता हुनुपर्ने बताएको छ ।
जुम कम्पनीलाई सन् २०१५ मा विभिन्न मुलुकहरुमा बैंकिङ सेवा प्रदान गररहेको पेपाल कम्पनीले खरिद गरेको थियो ।