निर्धन उत्थान बैंक लिमिटेडको १९ औं वार्षिक साधारण सभा पुस २९ गते शनिबार सम्पन्न भएको छ । काठमाडौँको नक्साल भगवतीबहाल स्थित सेलिब्रेशन बैंड्ढेट पार्टी प्यालेसमा सम्पन्न साधारणसभा बैंकका संचालक समितिका अध्यक्ष गणेश बहादुर थापाको सभापतित्वमा सम्पन्न भएको हो । साधारण सभामा अध्यक्ष थापाले आ.व. २०७३।७४ को वार्षिक प्रतिवेदन पेश गरेका थिए ।
साधारण सभाले सामान्य प्रस्तावतर्फ आ.व. २०७३।७४ वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७४ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७३।७४ को नाफा नोक्सान हिसाब, सोही अवधिको नाफा नोक्सान बाँडफाँड हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु, संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको मिति २०७४ आषाढ मसान्तको चुक्ता पूँजी रु. ६० करोडको १४.०४ प्रतिशतले हुन आउने रु. ८,४२,१०,५२६।– नगद लाभांश (बोनश सेयर तथा नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ तथा कम्पनी ऐन २०६३ को दफा १११ अनुसार यस बैंकको आ.व. २०७४।७५ को लेखापरीक्षण कार्यको लागि सोही ऐनको दफा १६५ (घ) बमोजिम लेखापरीक्षण समितिबाट सिफारिश भए बमोजिम आर पराजुली एण्ड एसोसियट्स, चार्टर्ड एकाउण्टेण्टसलाई लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक पाँच लाख रुपैयाँ निर्धारण गरेको छ ।
सो सभामा अध्यक्षको प्रतिवेदनमा टिप्पणी गर्दै सेयरधनीहरु अमृत नाथ रेग्मी, दामोदर प्रसाद रेग्मी, ईन्द्र कृष्ण श्रेष्ठ, डमरु बल्लभ घिमिरे, मनोहर कृष्ण श्रेष्ठले साधारण सभामा आफनो राय, सुझाव पेश गरेका थिए । साधारण सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्तले सेयरधनीहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिनुका साथै आफनो मन्तब्य दिएका थिए ।