Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

अब ब्रोकर बिना सिधै सेयर कारोबार : हेर्नुस् कसरी गर्ने ?

२०७४ मंसिर ७ गते

बैंकिङ खबर  / सेयर बजार व्यापारमा ब्रोकरहरूजस्ता मूल्य प्रणालीको संलग्नता बिना सिधा एक्सचेञ्जमार्फत व्यापार गर्न अपनाइएको प्रणाली ओटीसी बजार हो । यसमार्फत हुने व्यापारलाई छोटकरीमा ओटीसी अर्थात् ओभर दी काउन्टर भनिन्छ । सामान्यतयाः नेप्सेमा सूचीकरण हुन नसकेका, सूचीकरणबाट हटाइएका तथा सूचीकरणका लागि आवश्यक सर्त पूरा गर्न नसकेको कम्पनीहरूको धितोपत्रहरूमा तरलता कायम गरी सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्ने हेतुले ओटीसीमार्फत सेयर व्यापार गर्ने गरिन्छ । 

यसअघि कम्पनी रजिस्ट्रार कार्यालयबाट यस्ता कम्पनीहरूको कारोबार हुँदै आएको थियो । पछिल्लो समय नियामक निकायले ओटीसी बजारबाटै कारोबार गर्न निर्देशन दिएका छन् । बजारमा कारोबार गर्न सम्बन्धित कम्पनी दर्ता हुनुपर्छ । दर्ता निःशुल्क हुन्छ । तर, सेयर खरिद बिक्री भएको अवस्थामा भने नेपाल धितोपत्र बोर्ड र धितोपत्र बजारलाई निश्चित शुल्क बुझाउनुपर्छ । त्यस्तै, नेपाल सरकारलाई पुँजीगत लाभकर पनि बुझाउनुपर्छ ।

२५ हजार रुपैयाँसम्मको कारोबार हुँदा धितोपत्र बजारलाई २ प्रतिशत शुल्क बुझाउनुपर्छ । त्यस्तै, २५ हजारदेखि ५ लाखसम्मको कारोबार हुँदा १.५० प्रतिशत र ५ लाखदेखि माथिको कारोबार हुँदा १ प्रतिशत शुल्क बुझाउनुपर्छ । उक्त कारोबार हुँदा नेपाल धितोपत्र बोर्डलाई भने ०.१५ प्रतिशत शुल्क बुझाउनुपर्छ । साथै ओटीसी बजारको विनियम ७ अनुसार विक्रेता प्राकृतिक व्यक्ति भए १० प्रतिशत र विक्रेता संस्थागत भए १५ प्रतिशत सरकारलाई पुँजीगत लाभकर बुझाउनुपर्छ ।

सर्वसाधारणमा सेयर जारी नगरेका कम्पनीले यो प्रणालीमा आएर सेयर स्वामित्व परिवर्तन गर्न सक्छन् । ओटीसीमार्फत व्यापार गर्न कम्पनीले सर्वसारधाणमा सेयर जारी गर्नुपर्ने बाध्यता हुँदैन । ओटीसी बजारमार्फत ०६८ सालमा पहिलो पटक नेपाल बैंकको सेयर खरिद बिक्री भएको थियो ।