Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

तीन वटा बैंकको रोजगारी : एप्लाई गर्ने म्याद कहिलेसम्म ?

२०७४ मंसिर ५ गते

तीन वटा वाणिज्य बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेका छन् । सबै स्थानीय तहमा बैंक पुर्याउने योजनास्वरुप, शाखा विस्तारमा जुटिरहेका सिद्धार्थ बैंक, मेगा बैंक र एनआईसी एशिया बैंकले यति बेला सयौँको संख्यामा दरखास्त आह्वान गरिरहेका छन् । 

सिद्धार्थ बैंक लिमिटेड
सिद्धार्थ बैंकले उपत्यकाबाहिरका विभिन्न १५ स्थानीय तहमा विस्तार गर्न लागेका शाखा कार्यालयहरुका लागि कर्मचारी माग गरेको छ । सबै स्थानीय निकायमा बैंक शाखा पुर्याउने योजनाअनुसार, सिद्धार्थ बैंकले विभिन्न १५ वटा स्थानीय तहमा बैंक शाखा स्थापना गर्ने बताएको थियो । ती शाखा संचालनका लागि आवश्यक कनिष्ठ प्रशिक्षार्थी सहायक, कनिष्ठ सहायक तह, सहायक, बरिष्ठ सहायक र सुपरभाइजर पदमा दरखास्त आह्वान गरेको हो । 

सुपरभाइजरबाहेक अन्य पदका लागि बैंकले प्लस दुई उतीर्ण कर्मचारी मागेको छ भने सुपरभाइजरका लागि स्नातक उतीर्ण कर्मचारी मागेको छ । सबै पदका लागि अनुभव मागिएको छ । उमेर हद समेत निर्धारण गरिएका यी पदहरुमा यही मंसिर १५ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

मेगा बैंक नेपाल लिमिटेड
मेगा बैंकले एक सय १३ जना कर्मचारी मागेको छ । शाखा प्रबन्धक सहित २९ जना अधिकृत र ६६ जना सहायक अधिकृत माग गरेको छ । शाखा प्रबन्धकका लागि स्नातकोत्तर उत्तिर्ण र १ वर्षको प्रबन्धक तह अनुभव चाहिन्छ । अन्य पदका लागि पनि बैंकमा अनुभव भएका ब्यक्ति माग गरिएको छ । बैंकले १६ वटा नयाँ शाखाका विस्तारका लागि थप ३९ जना प्रशिक्षार्थी कर्मचारी स्नातक तह उत्तिर्ण माग गरेको छ । मंसिर १४ गतेसम्म आवेदन बुझाउन सकिने छ ।
थप जानकारीका लागि र एप्लाई गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://www.megabanknepal.com/jobs/detail/8/mega-career-opportunities-16th-november-2017

एनआईसी एशिया बैंक लिमिटेड
एनआईसी एशिया बैंक लिमिटेडले विभिन्न १५ पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । मेनेजर तथा अफिसर लेभलका कर्मचारी माग गरेको बैंकले सबै पदका लागि अनुभव खोजेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई नोभेम्बर २९ भित्रमा एप्लाई गरिसक्न आह्वान गरिएको छ । 

थप जानकारीका लागि र एप्लाई गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://www.nicasiabank.com/current-vacancies