Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

तपाई भूकम्प पीडीत हुनुहुन्छ ? यी १९ बैंकबाट लिनुस् सहुलीयत कर्जा

२०७४ मंसिर ३ गते

बैंकिङ खबर / भूकम्पपीडितहरुलाई व्यक्तिगत आवास निर्माणको लागि दुुई प्रतिशत ब्याजमा प्रदान गरिने सहुलियत कर्जा १९ वटा वाणिज्य बैंक र ३ वटा फाइनान्स कम्पनीहरुले उपलब्ध गराउँदै आएको राष्ट्र बैंकको प्रवक्ता पौडेलले जानकारी दिए । प्रवक्ता पौडेलका अनुसार निम्न वाणिज्य बैंकहरुले यो कर्जा उपलब्ध गराउँछन् ।


१. नेपाल बैंक लिमिटेड
२. राष्ट्रिय वाणिज्य बैंक लिमिटेड
३. कृषि विकास बैंक
४. नविल बैंक
५. एभरेष्ट बैंक
६. नेपाल बंगलादेश बैंक
७. बैंक अफ काठमाण्डू
८. एनसीसी बैंक
९. माछापुच्छ«े बैंक
१०. एनआईसी एशिया बैंक
११. कुमारी बैंक
१२. सिद्धार्थ बैंक
१३. सिटिजन्स बैंक इन्टरनेसनल
१४. प्राइम कमर्शीयल बैंक
१५. एनएमबी बैंक
१६. प्रभु बैंक
१७. मेगा बैंक
१८. सिभिल बैंक
१९. सानिमा बैंक

पुनर्कर्जा दिने फाइनान्स कम्पनीहरु
१. सेन्ट्रल फाइनान्स
२. गुडविल फाइनान्स
३. भक्तपुर फाइनान्स

कर्जा लिन के–के चाहिन्छ ?
भूकम्पपीडित परिचय पत्र,

भूकम्पबाट घर पूर्ण रुपमा क्षतिभएको व्यहोरा खुल्ने प्रमाणिकरण,

भूकम्पपीडित भएको कारण पास शुल्कमा छुट पाएको खुल्नेगरी नगरपालिकाको छाप लगाइएको पास भएको नक्सा वा सो छुट प्राप्त गरेको सम्बन्धी अन्य कागजात,
कर्जा सुविधा उपयोग गर्न चाहने व्यक्तिको पारिवारिक विवरण,

भूकम्पपीडित वा निजको घरपरिवारको नाममा सम्बन्धीत गाउपालिका वा नगरपालिका भित्र घर नभएको सम्बन्धमा गाउपालिका÷नगरपालिकाको प्रमाणिकरण,
नेपाल अधिराज्यभित्रमा आफ्नो र परिवारको नाममा घर नभएको सम्बन्धमा भूकम्पपीडितको स्वघोषणा, आदि ।