Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
Banner News

चुनौति फन्छाउँदै नाफामा १६ बैंकहरु

२०७४ मंसिर २ गते

बैंकिङ खबर । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १६ वटा बैंकले नाफा बढाएका छन् । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा सिभिल बैंकको नाफामा सबैभन्दा धेरै प्रगति भएको छ । नेपाल बैंकले सबै बैंककोभन्दा बढी नाफा कमाएको भए तापनि गत वर्षको तुलनामा भने नाफा घटेको छ । नाफा बढाएका १६ बैंकमध्ये, सबैभन्दा बढी नाफा नेपाल इन्भेष्टमेन्ट बैंकको छ भने सबैभन्दा कम नाफा जनता बैंकको रहेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा बढाउन सफल रहेका १६ वटै बैंकको बारेमा यहाँ चर्चा गरिन्छ :

मुनाफामा सिभिल बैंकको प्रगति सबैभन्दा धेरै
गत आर्थिक वर्षको तुलनामा खुद मुनाफामा सबैभन्दा धेरै प्रगति सिभिल बैंकले हासिल गरेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ३३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६७९ दशमलव १६ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा सिभिलले जम्मा एक करोड ४५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । पाँच अर्ब १८ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकको प्रतिसेयर आम्दानी आठ दशमलव ४२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २७ दशमलव ३३ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ३३ दशमलव ८७ रुपैयाँ र तरलता अनुपात २५ दशमलव १५ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको निष्कृय कर्जा चार दशमलव ६९ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पति १९ दशमलव ६२ प्रतिशत रहेको छ ।

जनता बैंकको नाफा सबैभन्दा कम
जनता बैंकको मुनाफा सबैभन्दा कम रहेको छ । यद्यपि, बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा थोरै भएपनि बढी नाफा कमाएको छ । तीन महिनामा बैंकले छ करोड ४८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.३१ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा छ करोड ३९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । छ अर्ब ९९ करोड ३६ लाख रुपैयाँ चुक्ता पुँजी भएको जनता बैंकको आम्दानी तीन दशमलव ७१ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात ६९ गुणा, प्रतिसेयर नेटवर्थ एक सय २७ दशमलव ०७ रुपैयाँ र तरलता अनुपात २६ दशमलव ०४ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको निष्कृय कर्जा एक दशमलव ६५ प्रतिशत र जोखिमयुक्त सम्पति १५ दशमलव ९९ प्रतिशत रहेको छ ।

बाँकी १४ बैंकको नाफामा पनि प्रगति
सिभिल बैंक र जनता बैंकबाहेक, १४ वटा बैंकले गत आार्थिक वर्षको पहिलो त्रैमासको तुलनामा बढी नाफा कमाएका छन् । नेपाल इन्भेष्टमेन्ट बैंक, नविल बैंक, राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, एनएमबि बैंक, नेपाल एसबिआई बैंक, सानिमा बैंक, प्राइम कमर्सियल बैंक, माछापूछ्रे बैंक, एनआईसी एशिया बैंक, लक्ष्मी बैंक र सेञ्चुरी बैंकले नाफा बढाएका हुन् । 

नेपाल इन्भेष्टमेन्ट बैंक
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट बैंकले ८९ करोड ४९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको विवरण प्रस्तुत गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २० दशमलव ८१ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट बैंकले ७४ करोड आठ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । १० अर्ब ६२ करोड ६४ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) ३३ दशमलव ६९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात (वार्षिक) १९ दशमलव २९ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ८४ दशमलव ४७ रुपैयाँ रहेको छ । त्यस्तै, बैंकको निष्कृय कर्जा शुन्य दशमलव ३३ प्रतिशतले बढेर एक दशमलव ०४ प्रतिशत पुगेको छ भने जोखिमयुक्त सम्पति एक दशमलव १५ प्रतिशतले घटेर १२ दशमलव ७८ प्रतिशत कायम भएको छ ।

नविल बैंक लिमिटेड
पहिलो त्रैमासको वित्तीय विवरणअनुसार, नविल बैंकले ८५ करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.६४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा नविलले ७९ करोड ८३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । विवरणअनुसार, नविल बैंकको चुक्तापुँजी आठ अर्ब चार करोड रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ४१ दशमलव १० रुपैयाँ, मुल्य आम्दानीेको अनुपात ३० दशमलव ९७ गुणा, प्रतिसेयर नेटवर्थ एक हजार आठ सय २५ रुपैयाँ र तरलता अनुपात २८ दशमलव ३९ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको जोखिमयुक्त सम्पति १२ दशमलव ५० प्रतिशत रहेको छ भने निष्कृयकर्जा एक दशमलव ११ प्रतिशत रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले तीन महिनामा ७० करोड ९५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१ दशमलव आठ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकले ५० करोड आठ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । आठ अर्ब ५८ करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकको निष्कृय कर्जा दुई दशमलव ९२ प्रतिशत रहेको छ भने पूँजीकोषमा (जोखिम भारित सम्पत्ति) १२ दशमलव ०९ प्रतिशत रहेको छ ।

एभरेष्ट बैंक लिमिटेड
एभरेष्ट बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ५३ करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई करोड रुपैयाँ बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा एभरेष्ट बैंकले ५१ करोड १३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । छ अर्ब ११ करोड रुपैयाँ चुक्तापुँजी पुर्याएको बैंकको प्रतिसेयर आम्दानी ७८ रुपैयाँ ३१ पैसाबाट घटेर ३५ रुपैयाँ २२ पैसा कायम भएको छ ।

स्टान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड
स्टान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ४८ करोड २५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.०९ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा स्टान्डर्ड चार्टर्डले ३४ करोड ९४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

एनएमबि बैंक लिमिटेड
एनएमबि बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ४५ करोड १३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको तुलनामा झन्डै १० करोड बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा एनएमबि बैंकले ३५ करोड ३६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
छ अर्ब ४६ करोड रुपैयाँ चुक्तापुँजी पुर्याएको बैंकको खराव कर्जा १.६७ प्रतिशत रहेको छ । पुँजीगत लागत दोब्बर बढेर ७.१४ प्रतिशत पुगेको छ । कर्जा निक्षेपबीचको ब्याज दर अन्तर ४.०९ प्रतिशत छ । अवधिमा बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ९४ पैसा छ ।

नेपाल एसबिआई बैंक लिमिटेड
नेपाल एसबिआइ बैंकले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ४३ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नौ करोड रुपैयाँ बढी नाफा कमाएको हो  गत आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल एसबिआई बैंकले ३५ करोड ४१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । छ अर्ब ९७ करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकको खराब कर्जा ०.१३ प्रतिशत रहेको छ ।

सानिमा बैंक लिमिटेड
सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा ३४ करोड ४४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६ दशमलव ८१ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा सानिमाले २७ करोड १६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । आठ अर्ब १२ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकको जोखिमयुक्त सम्पति १३ दशमलव ५२ प्रतिशत रहेको छ भने निष्क्रिय कर्जा शून्य दशमलव १४ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १६ दशमलव ७२ (वार्षिक) रुपैयाँ, मूल्य आम्दानीको अनुपात २० दशलमव ७६ गुणा, प्रतिसेयर नेटवर्थ १ सय १७ दशमलव ५५ रुपैयाँ र तरलता अनुपात २४ दशमल ०७ प्रतिशत रहेको छ ।

प्राइम कमर्सियल बैंक लिमिटेड
प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ करोड १७ लाख  रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६ दशमलव १२ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा प्राइम बैंकले २५ करोड १० रुपैयाँ खुद मुनाफा आर्जज गरेको थियो । छ अर्ब ७९ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकको निष्कृय कर्जा एक दशमलव ३७ प्रतिशत, प्रतिसेयर आम्दानी २१ दशमलव ६१ रुपैयाँ, मूल्य आम्दानीको अनुपात २० दशलमव ५५ गुणा, प्रतिसेयर नेटवर्थ १ सय ५४ दशमलव ६८ रुपैयाँ र तरलता अनुपात २७ दशमल ९० प्रतिशत रहेको छ ।

माछापुच्छे बैंक लिमिटेड
माछापुच्छे बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २८ करोड नौ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ दशमलव ७७ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा माछापूछ्रेले २४ करोड ६९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । आठ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याएको बैंकको जोखिमयुक्त सम्पति पाँच दशमलव ३४ प्रतिशतले बढेर १६ दशमलव ६३ प्रतिशत पुगेको छ भने निष्कृय कर्जा शून्य दशमलव ०९ प्रतिशतले बढेर शुन्य दशमलव ४५ प्रतिशत पुगेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी १४ दशमलव ३५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ एक सय १५ दशमलव २८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २२ दशमलव ९३ गुणा र तरलता अनुपात २४ दशमल ८६ प्रतिशत रहेको छ ।

एनआईसी एशिया बैंक लिमिटेड
एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २७ करोड ८६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.७५ प्रतिशत बढी नाफा कमाएको हो । गत  आर्थिक वर्षको पहिलो त्रैमासमा एनआईसी एशियाले २६ करोड १० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । आठ अर्ब तीन करोड ११ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकको जोखिमयुक्त सम्पति १२ दशमलव ०८ प्रतिशत रहेको छ भने निष्कृय कर्जा शुन्य दशमलव २९ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी १३ दशमलव ८८ रुपैयाँ, मूल्य आम्दानीको अनुपात २७ दशलमव ७५ गुणा, प्रतिसेयर नेटवर्थ एक सय २२ दशमलव ५२ रुपैयाँ र तरलता अनुपात २२ दशमल ३८ प्रतिशत रहेको छ ।

लक्ष्मी बैंक लिमिटेड
लक्ष्मी बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १७ करोड नौ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५ दशमलव ८६ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा लक्ष्मी बैंकले १५ करोड ६८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । आठ अर्ब २१ करोड ९६ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकको प्रतिसेयर आम्दानी आठ दशमलव २४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ४० दशमलव १७ गुणा, प्रतिसेयर नेटवर्थ एक सय २६ रुपैयाँ र तरलता अनुपात १९ दशमलव ५३ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको निष्कृय कर्जा एक दशमलव ७८ प्रतिशत र जोखिमयुक्त सम्पत्ति १३ दशमलव ३७ प्रतिशत रहेको छ ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १६ करोड ४५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७ दशमलव ५५ प्रतिशत बढी नाफा कमाएके हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा एनसीसीले १२ करोड ९० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । चार अर्ब ६७ करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकको प्रतिसेयर आम्दानी १४ दशमलव ०७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ एक सय ५८ दशमलव २३ रुपैयाँ, तरलता अनुपात २८ दशमलव ८५ प्रतिशत र मूल्य आम्दानी अनुपात २७ दशमलव २२ गुणा रहेको छ । त्यस्तै, बैंकको निष्कृय कर्जा चार दशमलव २९ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पति ११ दशमलव ६८ प्रतिशत रहेको छ ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड ५७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२ दशलमव ४१ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा सेञ्चुरी बैंकले सात करोड ४२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । पाँच अर्ब ४६ करोड छ लाख रुपैयाँ चुक्ता पुँजी भएकोबैंकको प्रतिसेयर आम्दानी सात दशमलव ७५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २९ दशमलव १७ गुणा, प्रतिसेयर नेटवर्थ एक सय २२ दशमलव ४० रुपैयाँ र तरलता अनुपात २७ दशमलव २१ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको निष्कृय कर्जा एक दशमलव ३७ प्रतिशतले बढेर एक दशमलव ७० प्रतिशत पुगेको छ भने जोखिमयुक्त सम्पत्ति चार दशमलव ०१ प्रतिशतले बढेर १५ दशमलव ६६ प्रतिशत पुगेको छ ।