Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
Banner News

अब अनलाइनबाटै ग्लोबल आईएमई बैंकमा खाता खोल्न सकिने

२०७४ कार्तिक २९ गते

सबैंका लागि बैंक भन्ने मुल नाराका साथ स्थापना भएको ग्लोबल आइएमई बैंक लिमिटेडले बिज्ञान प्रबिधिका नयाँनयाँ आयामहरुलाई भित्र्याउने क्रममा अनलाइन मार्फत खाता खोल्ने व्यवस्था मिलाएको छ । बिशेषगरि विदेशमा बस्ने नेपालीहरुलाई खाता खोल्न सहज होस भन्ने उद्धेश्यले बैंकले अनलाईन खाता खोल्ने व्यवस्था मिलाएको हो । यो व्यवस्था अन्तर्गत अनलाईन मार्फत जुनसुकै समयमा आफुले चाहेको शाखामा खाता खोल्न सकिनेछ । त्यस्तै विदेशमा बस्ने नेपालीहरुले अनलाईन मार्फत खाता खोलि इमेल मार्फत खाता नम्बर प्राप्त गर्न सक्नेछन् भने उक्त खाता मार्फत सजिलैसँग रेमिट्यान्स नेपालमा पठाउन सकिनेछ । यो सेवा प्रयोग गर्नका लागि बैंकको वेबसाइट www.globalimebank.com मा गई तुरुन्त खाता खोल्ने फारम भरी सजिलै खाता खोल्न सकिनेछ । 

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले १०८ वटा शाखा ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर, १२५ वटा ब्त्ः, ४६ वटा  शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ८ लाख भन्दा बढि ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।