Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

म्यानेजमेन्टका विद्यार्थी र अभिभावकलाई उत्प्रेरणा दिन सेमिनार

२०७४ कार्तिक २७ गते

नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज छिनेडाँडा पोखराले विद्यार्थी तथा अभिभावकहरुका लागि उत्प्रेरणा प्रदान गर्न सेमिनार आयोजना गरेको छ । कलेज अन्तर्गत ब्याचलर अफ होटल म्यानेजमेन्ट, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन, बैकिङ एण्ड इन्स्योरेन्स विषयमा भर्ना भएका विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी शनिबार कार्यक्रम गरिएको कलेजका अध्यक्ष अशोक पालिखेले जानकारी दिए ।

प्रशिद्ध उत्प्रेरक अनिल चित्रकारले कार्यक्रममा उत्प्रेरणात्मक प्रवचन दिएका थिए । कार्यक्रममा १ सय ७२ जना विद्यार्थी र उनीहरुका अभिभावक सहित सम्पूर्ण फ्याकल्टी र व्यवस्थापन समितिका सदस्यहरुको उपस्थिति थियो । नयाँ भर्ना भएका विद्यार्थी र अभिभावकलाई शिक्षाको महत्व बुझाउँदै उत्प्रेरणा जगाउन कार्यक्रम आयोजना गरिएको पालिखेले जानकारी दिए ।