नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडमा ११४ जनाका लागि रोजगारी खुलेको छ । बैंकले दुई जना सहायक प्रबन्धक, तीन जना बरिष्ठ कार्यकारी अधिकृत, तीन जना कार्यकारी अधिकृत, १७ जना जुनियर कार्यकारी अधिकृत, १६ जना बरिष्ठ सहायक, २३ जना सहायक, २० जना जुनियर सहायक र ३० जना जुनियर सहायक प्रशिक्षार्थी माग गरेको छ ।
सहायक प्रबन्धक हुन कम्तिमा स्नातकोत्तर गरि छ बर्षको बैंकिङ क्षेत्रमा अधिकृत स्तरमा काम गरेको अनुभव हुनु पर्ने छ । त्यस्तै बरिष्ठ कार्यकारी अधिकृत र कार्यकारी अधिकृतको लागि पनि क्रमश ४ र ५ बर्ष बैंकिङ क्षेत्रमा काम गरेको अनुभव हुनुपर्ने छ ।
बैंकमा आवेदन दिन इच्छुक आवेकले कार्तिक १२ गतेससम्म आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।


