राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा कार्यरत तीन वटै क्रियाशिल ट्रेड यूनियनहरु कर्मचारी संघ नेपाल, नेपाल वित्तिय संस्था कर्मचारी संघ, नेपाल राष्ट्रिय कर्मचारी संगठनको संयुक्त आयोजनामा २०७४ सालको महान चाड विजया दशमी, शुभदिपावली, नेपाल सम्वत ११३८, छठ, ल्होसार, इद, उभौली, उधौली, चासोकतङनाम लगायत नेपालीहरुको सम्पूर्ण चाडपर्वको उपलक्षयमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रम भब्य समारोहका बीच बिहिबार सम्पन्न भएको छ । बैंक संचालक समतिका सदस्य डा.रामदेव सिंहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
रावाबैंक कर्मचारी संघ नेपालका अध्यक्ष बेद बहादुर लावती, नेपाल वित्तिय संस्था कर्मचारी संघका अध्यक्ष जितेन्द्र सिंह थापा, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष दीपेन्द्र कार्कीले आ.व. ०७२/७३ को बोनस बितरण हालसम्म नगरेको तथा कर्मचारीको हक, हीत र टेड्र यूनियनको अधिकारको विषयमा जोडदार रुपमा आवाज उठाएका थिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बैंकमा भई रहेको कामहरुको विबेचना गर्दै यूनियनहरुसँग सहकार्य गर्दै उठाईएका समास्या समाधान गर्दै अगाडी बढ्न बैंक ब्यवस्थापन तयार रहेको बताए ।
कार्यक्रममा रावाबैंक कर्मचारी संघ नेपालका महासचिव हेमराज सुवेदीले उपस्थित सबैलाई स्वागत गर्दै कर्मचारीहरुका समस्याहरुमा प्रबेश गरेका थिए भने कार्यक्रमको संचालन नेपाल वित्तिय संस्था कर्मचारी संघका महासचिव माधवदत्त पन्त, नेपाल राष्ट्रिय कर्मचारी संगठनका महासचिव उभार पाण्डेले गरेका थिए । कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे, नायव महाप्रवन्धकसुशिल श्रेष्ठ, कविराव अधिकारी, केशव लम्साल, टेकराज जोशी, उद्धब खनाल, विभागिय प्रमुख तथा अधिकांश कर्मचारीहरुको भब्य उपस्थिती थियो ।


