Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सहकारीबाट ठग्नेलाई कडा कसुर ! हेर्नुस् नयाँ सहकारी विधेयकमा के छ ?

admin २०७४ आश्विन २६ गते
सेयर:

सहकारी ठगीका मुद्धा पनि अब बैंकिङ कसुरअन्तर्गत पर्ने भएका छन् ।  व्यवस्थापिका संसदको वैठकले पारित गरेको सहकारी विधेयकमा सहकारी ठगीलाई बैंकिङ कसुरअन्तर्गत पारिभाषित गरिएको छ । जसअनुसार, सहकारी ठगीका कसुरदारलाई पनि बैंकिङ कसुरसरहको कारबाही हुने भएको छ । 

१० वर्षसम्म कैद सजाय
कसुरमा लाख रुपैयाँसम्म बिगोमा एक वर्ष कैद हुनेछ । यस्तै, दश लाख रुपैयाँभन्दा बढी ५० लाखसम्म बिगो भएमा दुई वर्षदेखि तीन वर्षसम्म कैद हुनेछ । एक करोड रुपैयाँभन्दा बढी दश करोडसम्म ६ देखि आठ वर्ष कैद हुनेछ । दश करोडभन्दा जतिसुकै बिगो भए पनि न्युनतम ८ देखि दश वर्ष कैद हुनेछ । 

यसअघि, सहकारीले रकम हिनामिना गरेमा अहिले मुलुकी ऐन ठगीको महल अन्तर्गत मुद्दा चलाइँदै आएको थियो । सहकारी ऐन–२०४८ मा ठगी गर्नेलाई अधिकत एक हजार पाँच सय रुपैयाँ जरिवाना हुने र ठगी मुद्दामा कारवाही गरिने व्यवस्था थियो । कमजोर कानुनका कारण सहकारीमा ठगी बढ्दै गएकाले नयाँ ऐनमा कारवाहीको व्यवस्थामा कडाइ गरिएको हो । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।