Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

‘फाइनान्स’ के हो ? कसरी दिन्छन् बैंकिङ सेवा ?

admin २०७४ आश्विन २५ गते
सेयर:

बैंकिङ खबर / राष्ट्र बैंक को निर्देशन बमोजिम तपसिल अनुसार बर्गीकरण गरिएको छ । बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०६३ को दफा ४७ बमोजिम सोही ऐनको दफा ३१ मा ‘क’ ‘ख’ ‘ग’ ‘घ’ बर्गका बैंक तथा बित्तीय संस्था को ब्यबस्था गरिएको छ । सो वर्गीकरण अनुसार ग वर्गमा पर्ने वित्तीय संस्था वित्त कम्पनी अर्थात फाइनान्स कम्पनीहरु हुन् । यस्ता कम्पनीहरुलाई नियामक नेपाल राष्ट्र बैंकले निम्न काम, कर्तव्य र अधिकारहरु दिएको छ :

१. राष्ट्र बैंकले तोकेको सीमाभित्र रही ब्याज वा बिना ब्याजमा निक्षेप स्वीकार गर्ने तथा त्यस्तो निक्षेपको भुक्तानी दिने ।
२. हाइपोथिकेशन कर्जा बाहेक अन्य कर्जा दिने ।
३. मर्चेन्ट बैंकिङ कारोबार गर्ने ।
४. अन्य इजाजतपत्र प्राप्त सस्थासंग मिली सहवित्तीयकरणको आधारमा धितो बिभाजन गर्ने गरी आपसमा भएको सम्झौता अनुसार संयुक्त रुपमा कर्जा दिने दिलाउने ब्यबस्था गर्ने ।
५. बैंक वा वित्तीय संस्थाको जमानतमा कर्जा दिने ।
६. आफ्नो चल अचल जायजेथा धितो राखी कर्जा लिने ।
७. आफुकहाँ पहिले नै धितो रहिसकेको चल अचल सम्पतिको मूल्यले खामेसम्मको रकम पुन एकैपटक वा पटक पटक गरी कर्जा दिने वा अन्य इजाजतपत्र प्राप्त संस्थामा धितोमा रहिसकेको चल अचल सम्पतिको पुन धितोमा त्यसको मुल्यले खामेसम्मको रकम पुन एकैपटक वा पटक पटक गरी कर्जा दिने ।
९. आफ्नो जायजेथाको उचित प्रबन्ध गर्ने , बिक्री गर्ने वा बहालमा दिने ।
१०. प्रतितपत्र, बिनिमयपत्र, प्रतिज्ञापत्र, चेक, यात्रुचेक, ड्राफ्ट वा अन्य बित्तीय उपकरण निष्काशन गर्ने, स्वीकार गर्ने, भुक्तानी दिने, डिस्काउण्ट गर्ने वा खरीद बिक्री गर्ने ।
११. भारतीय रुपैया खरीद बिक्री गर्ने ।
१२. विपन्न वर्ग, न्युन आय भएका परिवार, दैवी प्रकोप पीडित तथा मुलुकको कुनै क्षेत्रका बासिन्दाको आर्थिक उत्थानको लागी ब्यत्तिगत वा सामुहिक जमानीमा राष्ट्र बैंकले तोकेबमोजिमको रकमसम्म कर्जा दिने ।
१३. आफु तथा अन्य इजाजतपत्र प्राप्त संस्थाबाट कर्जा लिने ऋणी वा ग्राहकको विवरण, सुचना वा जानकारी राष्ट्र बैंक वा अन्य कुनै इजाजतपत्र प्राप्त संस्थावीच लिनेदिने ।
१४. कुनै व्यत्ति वा संस्थालाइ कर्जा दिँदा वा निजसंग कुनै कारोबार गर्दा आफ्नो हितको संरक्षणका लागी आबश्यक शर्त गराउने ।
१५. कुनैपनि ब्यत्ति फर्म कम्पनी वा संस्थालाइ सवारी साधन मेशिन औजार उपकरण घरायसी टिकाउ समान वा त्यस्तै अन्य चल सम्पतिको लागी किस्तावन्दी वा हायर पर्चेज कर्जा उपलब्ध गराउने ।
जग्गा बिकास
१६. ग्राहकको निमित्त कमिशन एजेण्ट भइ शेयर, डिबेन्चर वा सुरक्षणको जिम्मा लिने, खरीदबिक्री गरिदिने, शेयरको लाभांश, डिबेन्चर वा सुरक्षणको ब्याज उठाइ दिने र सो को लाभांश, मुनाफा वा ब्याज उठाइ दिने ।
१७. आफ्नो ग्राहकको तर्फबाट जमानतपत्र जारी गर्ने र सो बापत ग्राहकसंग आबश्यक शर्त गराउने, सुरक्षण लिने, निजको चल अचल सम्पति धितो बन्धक लिने वा तेश्रो ब्यत्तिको जेथा जमानत लिने ।
१८. राष्ट्र बैंकले तोकेको अन्य कार्य गर्ने ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।