Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
Banner News

लघुवित्त के हो ? कसरी हुन्छ कारोबार ?

२०७४ आश्विन २१ गते

नेपाल राष्ट्र बैंकले तोके बमोजिम घ वर्गको इजाजतपत्र लिएर काम गरेका संस्थाहरु यस सूचिमा पर्दछन् । ‘घ’ वर्गका बैंकहरुलाई माइक्रोफाइनान्स तथा लघुवित्त विकास बैंक भनिन्छ । लघुवित्त विकास बैंकहरु ग्रामिण क्षेत्रमा थोरै थोरै पुँजी परिचालन गरेर संचालित हुन्छन् । यस्ता बैंकहरु जनताको घर दैलोमै पुगेर वित्तीय चेतनाको विकास गर्ने एवं थोरै थोरै ऋण प्रवाह गर्ने गर्दछन् । लघुवित्त विकास बैंकहरुबाट बिना धितो ऋण प्राप्त हुन्छ । लघुवित्त विकास बैंकहरुलाई कार्यक्षेत्रका आधारमा विभिन्न प्रकारमा छुट्याइएको छ । 

नेपाल राष्ट्र बैंकले लघुवित्त बैंकहरुलाई निम्न काम, कर्तव्य तथा अधिकारहरु प्रदान गरेको छ :

  • राष्ट्र बैंकले तोकेको सीमाभित्र रही ब्याज वा बिना ब्याजमा निक्षेप स्वीकार गर्ने तथा त्यस्तो निक्षेपको भुक्तानी दिने ।
  • तोकिएबमोजिम कर्जा प्रदान गर्ने ।
  • राष्ट्र बैंकले तोकिदिएको अबधिसम्म नियमित बचत गरी तोकेको बचत कायम राखेका समुह वा समुहका सदस्यलाई लघु व्यवसाय संचालन गर्न कुनै चल अचल सम्पत्ति सुरक्षण वा जमानत लिई वा नलिई लघु कर्जा दिने ।
  • इजाजतपत्र प्राप्त संस्था वा स्वदेशी तथा बिदेशी संघसंस्था आदिबाट ऋण वा अनुदान प्राप्त गर्ने र त्यस्तो ऋण वा अनुदान लघुु कर्जा बितरणमा वा सो कार्यलाई प्रभावकारी बनाउने कार्यमा प्रयोग गर्ने । कुनै संघसंस्था आदिबाट ऋण वा अनुदान लिनुअघि राष्ट्र बैंकको स्वीकृति लिनु आवश्यक भएकोले सो प्रकृया पुरा गर्ने । 
  • लघुकर्जा उपलब्ध गराउनु अगाडी जुन कार्यको लागि कर्जा माग भएको हो सोको मुल्यांकन र सम्भाव्यता पहिचान गर्ने ।
  • न्युन आय भएका व्यक्तिको आर्थिक स्थितिमा सुधार हुने खालका लघु व्यवसाय गर्ने ।
  • लघु व्यवसाय सम्बन्धमा गोष्ठी संचालन गर्ने, परियोजना तर्जुमा प्रशिक्षण दिने, सहयोग गर्ने, प्राविधिक ज्ञान दिलाउने र आवश्यकताअनुसार प्राविधिक सहयोग जुटाउने ।
  • लघु कर्जा परिचालन सम्बन्धमा समुहलाई आवश्यक सेवा प्रदान गर्ने ।
  • लघुकर्जा समयमा असुलउपर गर्नेतर्फ आवश्यक कारबाही गर्ने ।
  • लघुकर्जाको उचित उपयोग भए नभएको सम्बन्धमा अनुगमन गर्ने र उचित प्रयोग नदेखिएमा आवश्यक निर्देशन दिने ।