Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

वित्तीय चेतनामा कुन देश उत्कृष्ट ?

admin २०७४ आश्विन २० गते
सेयर:

 विश्वव्यापी रुपमा हेर्दा, वित्तीय साक्षरताको अवस्था १३ देखि ७१ प्रतिशतसम्म रहेको छ । सबैभन्दा कम जनसंख्या वित्तीय रुपमा साक्षर रहेको मुलुक यमन हो । यहाँका १३ प्रतिशत जनता मात्रै वित्तीय रुपमा साक्षर रहेको एक अध्ययनले देखाएको छ । अध्ययनका अनुसार, सबैभन्दा धेरै वित्तीय साक्षरता भएका मुलुकहरु स्वीेडेन र डेनमार्क हुन् । यी मुलुकका ७१ प्रतिशत जनता वित्तीय रुपमा साक्षर रहेको पाइएको छ । 

वित्तीय साक्षरतामा उत्तर युरोप अगाडी रहेको छ । उत्तर युरोपका ५२ प्रतिशत युवाहरु वित्तीय रुपमा साक्षर छन् । जसमध्येमा पनि डेनमार्क, स्वीडेन, जर्मनी, नर्वे र नेदरल्यान्ड्समा वित्तीय साक्षरता दर उच्च रहेको छ । यी मुलुकको वित्तीय साक्षरता दर ६५ देखि ७५ प्रतिशतसम्म रहेको छ । यसबाहेक, अष्ट्रेलिया, क्यानडा, फिनल्याण्ड, यूके लगायतका मुलुकका पनि ६५ प्रतिशतभन्दा बढी युवा वित्तीय रुपमा साक्षर छन् । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।