Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकमा सुरु भयो चरणवद्ध आन्दोलन

admin २०७४ आश्विन १८ गते
सेयर:

नेपाल राष्ट्र बैंकले ३० वर्षे सेवा अवधिको आधारमा अवकाश दिने नीति हटाएपछि कर्मचारीहरु आन्दोलित भएका छन् । बुधबारदेखि राष्ट्र बैंकका कर्मचारीहरुले चरणवद्ध आन्दोलन सुरु गरेका हुन् । राष्ट्र बैंक संचालक समितिले गत साता नै सेवा अवधिको मौजुदा व्यवस्था परिवर्तन गर्दै उमेर हद ५८ वर्ष पुगेपछि मात्रै अवकाश दिने व्यवस्था कायम गर्दै कर्मचारी विनियामावलीमा हस्ताक्षर गरेर लोकसेवा आयोग पठाएको छ । कर्मचारीहरुको असहमतिका बाबजुद यस्तो निर्णय गरिएको भन्दै राष्ट्र बैंकको केन्द्रीय कार्यालय सहित क्षेत्रीय कार्यालयमा कर्मचारीले आन्दोलन गरेका छन् ।

दशैँ लगत्तै खुलेको कार्यालयमा कर्मचारीहरुले दैनिक एक घण्टा गभर्नर, डेपुटी गभर्नर सहित सबै कार्यालयका प्रमुखको कार्य कक्षमा एक घण्टा धर्ना दिइरहेका छन् । आगामी आइतबारदेखि दोस्रो चरणको कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी कर्मचारी संगठनहरुले दिएका छन् । देश संघीयतामा गएको बेलामा कर्मचारी र राष्ट्र बैंकको आवश्यकतालाई मध्यनजर नगरी ३० वर्षे सेवा अवधि हटाउने निर्णय लिइएको कर्मचारी संगठनहरुको आरोप छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।