ग्लोबल आइएमई बैंकले बैंकको बिजुलीको बिल ग्लोबल स्मार्ट मोवाइल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको छ । बिजुलीको बिल तिर्न लामो समय लाईन बस्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै बैंकले यो सेवा सुचारु गरेको हो । जसअन्र्तगत ग्लोबल आइएमई बैंकमा खाता रहेका ग्राहकहरु तथा नयाँ खाता खोल्ने ग्राहकहरुले ग्लोबल स्मार्ट मोवाईल बैंकिङ्ग सेवा मार्फत घरैमा बसेर नेपाल बिद्युत प्राधिकरणको बिल तिर्न सक्नेछन् । यो सेवा उपभोग गर्नका लागि स्मार्ट मोवाईलमा ग्लोबल स्मार्ट एप डाउनलोड गरि त्यसमा रहेको payment option मा गई NEA Payment मा दिइएको निर्देशन पालना गरि सजिलैसँग जुनसुकै समयमा पनि बिल तिर्न सकिने छ ।
बिज्ञान प्रबिधिले नयाँ नयाँ आयामहरु भित्राइरहेको अहिलेको समयमा आफ्ना ग्राहकको सुबिधालाई ध्यानमा राख्दै बैंकले समय समयमा आफ्ना सुबिधाहरु परिमार्जन गर्दे आईरहेको छ ।