Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्रिय वाणिज्य बैँकको सीईओमा किरणकुमार श्रेष्ठ नियुक्त

admin २०७२ चैत्र २२ गते
सेयर:

kiran kumarसरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा किरणकुमार श्रेष्ठ नियुक्त भएका छन् । आइतबार बसेको वाणिज्य बैंक सञ्चालक समितिको बैठकले तीनजना प्रतिस्पर्धीमध्येबाट श्रेष्ठलाई सिइओ चयन गरेको हो । अर्थमन्त्रालयले बनाएको सिइओ छनौट समितिले श्रेष्ठसहित कृष्णप्रसाद आचार्य र अनिल उपाध्यायको नाम सिफारिस गरेको थियो । तीनजना मध्येबाट आइतबार श्रेष्ठ सिइओ नियुक्त भएका हुन् । 

तत्कालीन प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्माले चार वर्षे कार्यकाल पुरा गरेपछि बैंकमा सिइओ खाली भएको थियो । रिक्त भएको तीन महिनाभन्दा बढि समय बैंकमा सिइओ छनौट हुन सकेको थिएन । बैँकको नयाँ सीईओ नियुक्तिमा ढिलाई हुनुमा राजनीतिक कारण देखाउँदै आएको थियो । सत्तारुढ प्रमुख घटक नेकपा एमालेभित्रको आन्तरिक विवादका कारण राष्ट्रिय वाणिज्य बैंकमा सिइओ छनौट हुन लामो समय लागेको बताइन्छ ।

वाणिज्य बैंकका नवनियुक्त सिइओ श्रेष्ठले नेपाल बैंकमा ३० वर्ष सेवा गरेका छन् । एसिस्टेन्ट म्यानेजरबाट २०४३ सालमा नेपाल बैंकमा प्रवेश गरेका श्रेष्ठ महाप्रबन्धकबाट अवकाश लिएका थिए । उनले यही वर्षको सुरुमा नेपाल बैंकबाट बिदा लिएका थिए । नेपाल बैंकमा कार्यरत हुँदा उनी नेपाल इन्स्योरेन्स, आरएमडिसी, कर्जा सुरक्षण निगम तथा कर्जा सूचना केन्द्रको सञ्चालक समितिमा पनि थिए। यस्तै उनी सुदूरपश्चिमाञ्चल ग्रामीण विकास बैंकमा २०५१ सालमा डेढ वर्ष सिइओ बनेका थिए । 
 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।