Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

५० करोडको वैदेशिक रोजगार बचतपत्र आउँदै, माघ १७ देखि फागुन १७ सम्म विक्री खुला

२०७३ माघ १३ गते

नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने भएको छ । राष्ट्र बैंकले १० प्रतिशत व्याजदरमा पाँच वर्षे अवधिका लागि सो बचतपत्र निष्काशन गर्न लागेको हो । बचतपत्रको विक्री माघ १७ गतेदेखि फगुन १७ गतेसम्म खुला रहने छ । बचतपत्रको निष्काशन फागुन २३ गते हुने बताइएको छ । ०७८ फागुन २३ गते सावाँसहित रकम फिर्ता हुने र हरेक छ महिनामा व्याज भुक्तानी गरिने समेत जानकारी दिइएको छ । 

कसले खरिद गर्न पाउँछ ?
विदेशमा काम गर्ने नेपालीले वैदेशिक मुद्रामा मात्र बचतपत्र किन्न सक्ने व्यवस्था रहेकोमा संसोधन गरी नेपालबाट पनि खरिद गर्न सकिने व्यवस्था गरिएको छ । वैदेशिक रोजगारीमा रहेको वा मुलुकबाहिरको रोगजारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपाली आफू वा परिवारका सदस्यले बचतपत्र खरिद गर्न पाउँछन् । परिवारका बुबा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरीले बचतपत्र खरिद गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । 

कसरी लिने ?
बचतपत्र खरिदमा केही सीमाहरु तोकिएका छन् । जसअनुसार खरिदकर्ताले घटिमा पाँच हजार रुपैँया र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई पाँच हजारले भाग गर्दा निशेष भाग जाने अंकको बचतपत्र खरिद गर्नुपर्ने छ । खरिदकर्ताले यो बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासिय नेपालीलले आफ्नो या आफ्नो परिवारको सदस्य (बुबा, आमा, श्रीमान, श्रीमती, छोरा र छोरी) को नाममा खरिद गर्न सक्ने प्रावधान रहेको छ । 

थप जानकारी चाहिएमा तलको लिंकमा क्लिक गर्नुहोस् । 
https://www.nrb.org.np/pdm/pdmo_feb/4_Issue%20Notice–Foreign_Employment_Bond_2078%20Kha-New.pdf