Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सिद्धार्थ बैंकले प्रस्ताव गर्‍यो २० प्रतिशत लाभांश, बोनस र नगद कति?

२०८३ आश्विन १ गते

बैंकिङ खबर /  सिद्धार्थ बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिको असोज १ गते बसेको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावअनुसार साधारण सेयरधनीले १० प्रतिशत बोनस सेयर तथा १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश पाउनेछन् । बैंकले नगद लाभांशका लागि १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै, बैंकले अग्राधिकार सेयरधनीका लागि ८.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। यसका लागि १० करोड ७५ लाख ८९ हजार ४१ रुपैयाँ छुट्याउने प्रस्ताव गरिएको बैंकले जनाएको छ  ।

अग्राधिकार सेयरको हकमा सेयर बाँडफाँड भएको मितिदेखि आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको अवधिलाई आधार बनाएर समानुपातिक रूपमा लाभांश प्रदान गरिनेछ ।

सञ्चालक समितिको प्रस्तावपछि पनि लाभांश वितरणका लागि थप प्रक्रिया पूरा गर्नुपर्नेछ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारण सभामा पेस गरिनेछ ।

साधारण सभाबाट प्रस्ताव पारित भएपछि मात्रै सेयरधनीलाई बोनस सेयर तथा नगद लाभांश वितरण गरिने बैंकले जनाएको छ ।