Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कामना सेवा विकास बैंकको सीएसआरअन्तर्गत विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री

२०८३ भाद्र २४ गते

बैंकिङ खबर /  कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत विपन्न विद्यार्थीलाई शैक्षिक तथा आवश्यक सामग्री वितरण गरेको छ ।

बैंकको कुलेश्वर शाखामार्फत कुलेश्वरस्थित श्री कुलेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न विद्यार्थीलाई स्टेशनरी तथा शैक्षिक सामग्री, स्कुल ब्याग, स्कुल ड्रेस, हाउस ड्रेस, जुत्तालगायतका सामग्री वितरण गरिएको हो । बैंकका काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्माले विद्यार्थीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । आर्थिक अभावका कारण आवश्यक शैक्षिक सामग्रीको पहुँचबाट वञ्चित विद्यार्थीको पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ।

सामग्री हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भानुभक्त बिष्टले विपन्न विद्यार्थीको शैक्षिक आवश्यकतालाई ध्यानमा राखेर बैंकले गरेको सहयोगले विद्यार्थीको अध्ययनमा थप उत्साह मिल्ने बताए। उनले बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको सहयोगप्रति धन्यवादसमेत व्यक्त गरे ।

बैंकका क्षेत्र प्रमुख शर्माले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै बैंकले सीएसआरमार्फत विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको बताए। आर्थिक अभावका कारण शैक्षिक सामग्रीको कमी झेलिरहेका विद्यार्थीलाई गरिएको सहयोगले उनीहरूको अध्ययनमा प्रत्यक्ष योगदान पुग्ने विश्वास उनले व्यक्त गरे । बैंकले आगामी दिनमा पनि आवश्यकता र प्राथमिकताका आधारमा शिक्षा तथा अन्य सामाजिक क्षेत्रमा सीएसआर कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।