काठमाडौं / सेञ्चुरी ग्रुपले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि एक करोड एक लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएको छ ।
ग्रुपका अध्यक्ष एवं पूर्वमन्त्री मोती दुगड र उनको परिवारले बाढीपीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ नगद सहयोग गरेका छन् ।त्यसैगरी, प्रभावित नागरिकका लागि आवश्यक खाद्यान्न तथा राहत सामग्री उपलब्ध गराउन थप ५० लाख रुपैयाँ बराबरको सहयोग गरिएको छ । उक्त सहयोग अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो ।
भोटेकोशी क्षेत्रमा बाढीका कारण प्रभावित बनेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले सेञ्चुरी ग्रुपले सहयोग गरेको जनाएको छ । ग्रुपले विपद्को समयमा प्रभावित समुदायलाई आवश्यक सहयोग पुर्याउन आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो ।