Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

भोटेकोशी बाढीपीडितका लागि सानिमा रिलायन्स लाइफको ७२ लाख सहयोग

२०८३ भाद्र १८ गते

काठमाडौं  /  रसुवालगायत देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ७२ लाख रुपैयाँ सहयोग गरेको छ ।

कम्पनीले नेपाल सरकारको राहत तथा पुनर्निर्माण अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेको हो । कुल ७२ लाख रुपैयाँमध्ये कम्पनीको तर्फबाट ५१ लाख रुपैयाँ र सञ्चालक तथा कर्मचारीहरूको तर्फबाट २१ लाख रुपैयाँ योगदान गरिएको जनाएको छ ।

कम्पनीले उक्त सहयोग रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको छ । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको कम्पनीले जनाएको छ ।

सानिमा रिलायन्स लाइफले विपद्का कारण ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापना प्रदान गर्ने कार्यमा सबै पक्षबाट आवश्यक सहयोग र सहकार्य हुनुपर्नेमा कम्पनीले जोड दिएको छ ।