बैंकिङ खबर / अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पछिल्लो समय गाउँगाउँ पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै स्थानीयका समस्या र आवश्यकताबारे जानकारी लिन थालेका छन्। तनहुँको व्यास नगरपालिका–१० दुम्सी पुगेका वाग्लेले स्थानीयवासीसँग भेटेर उनीहरूको गुनासा, आवश्यकता र विकाससम्बन्धी माग सुनेका हुन् । भेटघाटका क्रममा स्थानीयवासीले विशेषगरी खानेपानी, तटबन्धनलगायतका समस्या अर्थमन्त्रीसमक्ष राखेका थिए। दुम्सीका करिब ५०० घरधुरी खानेपानीको समस्यामा रहेको जानकारी स्थानीयले गराएका थिए । स्थानीयका समस्या सुनेपछि अर्थमन्त्री वाग्लेले सम्बन्धित मन्त्रालयसँग समन्वय गरी आवश्यक काम अघि बढाउने बताएका छन् । उनले गाउँका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रयासरत रहेको पनि जानकारी दिए । वाग्लेको यो भेटघाटलाई स्थानीय तहमा देखिएका समस्या प्रत्यक्ष रूपमा बुझ्ने र जनताका अपेक्षा सरकारसम्म पुर्याउने प्रयासका रूपमा हेरिएको छ। उनले तनहुँको विकासका लागि आफू प्रतिबद्ध रहेको बताउँदै सीमित स्रोतसाधनका बीच प्राथमिकताका आधारमा विकासका काम अघि बढाइने धारणा राखेका छन्। यस क्रममा वाग्लेले स्थानीयसँगको प्रत्यक्ष संवादमार्फत गाउँका वास्तविक समस्या पहिचान गर्ने र सम्भव भएसम्म समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
आजको विशेष
अर्थमन्त्री डा.स्वर्णिम वाग्ले मतदातासँग : जनताको आकाँक्षा पुरा गर्ने प्रतिबद्धता
२०८३ श्रावण २८ गते
