Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
Banner News

कुमारी बैंकको ७ अर्ब ३८ करोड नाफा : लाभांश वितरणको क्षमतामा

२०८३ श्रावण २७ गते

 

बैंकिङ खबर / कुमारी बैंक चार वर्षपछि सञ्चित नोक्सानीबाट बाहिरिँदै लाभांश वितरण गर्न सक्ने अवस्थामा पुगेको छ । बैंकले आर्थिक वर्ष २०८२/८३ मा ७ अर्ब ३८ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षभन्दा ३०६ प्रतिशत बढी हो । अघिल्लो वर्षसम्म ३ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ सञ्चित नोक्सानीमा रहेको बैंक गत वर्ष नाफाका कारण उक्त नोक्सानीबाट बाहिरिएको हो ।
बैंकको वितरणयोग्य नाफा ७९ करोड १७ लाख रुपैयाँ पुगेपछि चुक्ता पुँजीका आधारमा करिब ३ दशमलव ०२ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनेको छ ।
नाफा बढ्नुमा खुद ब्याज तथा फि–कमिसन आम्दानीसँगै १ अर्ब ४३ करोड ९९ लाख रुपैयाँ प्रोभिजन राइटब्याक मुख्य कारण बनेको छ ।
यद्यपि, बैंकको निष्क्रिय कर्जा ७ दशमलव ४६ प्रतिशत पुगेकाले खराब कर्जाको चुनौती कायमै रहे पनि कुमारी बैंक चार वर्षपछि लाभांश वितरण गर्ने अवस्थामा फर्किएको छ ।