Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

नेपाल बैंक र चितवन इनर्जीबीच जलविद्युत् आयोजनामा कर्जा सम्झौता

२०८३ श्रावण २२ गते

काठमाडौं । नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच ४.७५ मेगावाट क्षमताको तल्लो हुट्दीखोला जलविद्युत् आयोजना निर्माण तथा सञ्चालनका लागि कर्जा सम्झौता भएको छ।

बैंकका अनुसार २०८३ साउन २० गते भएको सम्झौताअनुसार आयोजनाको लागतमा ७०ः३० अनुपातमा कर्जा तथा स्वपुँजी (इक्विटी) मार्फत वित्तीय व्यवस्थापन गरिनेछ। सम्झौतापत्रमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तिलक राज पाण्डेय र चितवन इनर्जीका अध्यक्ष गोपाल प्रसाद निरौलाले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेयले जलविद्युत् क्षेत्रको वित्तीय व्यवस्थापनमा नेपाल बैंकले निरन्तर योगदान दिँदै आएको उल्लेख गर्दै चितवन इनर्जीलाई परियोजनाको सफल कार्यान्वयनका लागि शुभकामना व्यक्त गरे।

त्यसैगरी, चितवन इनर्जीका अध्यक्ष निरौलाले आयोजना निर्माण तथा सञ्चालनका लागि आवश्यक वित्तीय सहयोग उपलब्ध गराएकोमा नेपाल बैंकप्रति आभार व्यक्त गर्दै परियोजना समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाए।