Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
अर्थतन्त्र

अमेरिकी डलरको मूल्य बढेको बढ्यै, नयाँ रेकर्ड कायम

२०८३ श्रावण १५ गते

बैंकिङ खबर / अमेरिकी डलरको मूल्यले लगातार नयाँ उचाइ कायम गर्न थालेको छ। नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको खरिददर प्रतिडलर १५२ रुपैयाँ ८० पैसा र बिक्रीदर १५३ रुपैयाँ ४० पैसा तोकेको छ। यो अघिल्लो दिनको तुलनामा ६ पैसा बढी हो।

हिजो अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३४ पैसा थियो। पछिल्ला दिनमा डलरको मूल्य लगातार उच्च बिन्दुमा रहँदा नेपाली रुपैयाँ कमजोर हुँदै गएको देखिएको छ।

डलरको मूल्य बढ्दा विदेशबाट वस्तु तथा सेवा आयात गर्ने व्यवसायीको लागत बढ्ने गर्दछ। त्यस्तै, विदेश अध्ययन, भ्रमण तथा उपचारका लागि डलर खरिद गर्ने नेपालीले पनि थप रकम खर्च गर्नुपर्ने हुन्छ। तर, विदेशबाट नेपालमा रेमिट्यान्स पठाउनेका लागि भने डलरको मूल्यवृद्धिले केही फाइदा पुग्ने गर्छ।

यता युरोपियन युरोको खरिददर १७५ रुपैयाँ १९ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८८ पैसा तोकिएको छ। बेलायती पाउण्ड स्ट्रलिङको खरिददर २०४ रुपैयाँ ४५ पैसा र बिक्रीदर २०५ रुपैयाँ २६ पैसा कायम छ। स्विस फ्र्याङ्कको खरिददर १८७ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८८ रुपैयाँ ४५ पैसा रहेको छ।

त्यसैगरी, अस्ट्रेलियन डलरको खरिददर १०६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ९८ पैसा, क्यानेडियन डलरको खरिददर १०८ रुपैयाँ ७७ पैसा र बिक्रीदर १०९ रुपैयाँ २० पैसा तथा सिङ्गापुर डलरको खरिददर ११८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९७ पैसा तोकिएको छ।

राष्ट्र बैंकका अनुसार जापानी येन १० को खरिददर ९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० पैसा, चिनियाँ युआनको खरिददर २२ रुपैयाँ ६२ पैसा र बिक्रीदर २२ रुपैयाँ ७१ पैसा कायम भएको छ।

यस्तै, साउदी रियालको खरिददर ४० रुपैयाँ ६९ पैसा र बिक्रीदर ४० रुपैयाँ ८५ पैसा तथा कतारी रियालको खरिददर ४१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ४२ रुपैयाँ ८ पैसा रहेको छ।

विदेशी मुद्राको मूल्यमा हुने उतारचढावले नेपालको आयात, रेमिट्यान्स, पर्यटन, वैदेशिक ऋण तथा भुक्तानी सन्तुलनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले डलरको निरन्तर मूल्यवृद्धिलाई अर्थतन्त्रका लागि महत्वपूर्ण सूचकका रूपमा हेरिन्छ।