Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

सर्वोच्चद्धारा इन्भेष्टमेण्ट मेगा बैंकका सीईओ पक्राउ गर्नुको कारण माग

२०८३ बैशाख ३१ गते

बैंकिङ खबर / सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डेलाई पक्राउ गर्नुको कारण माग गरेको छ । न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले पक्राउ गर्नुको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ । उनको पक्राउविरुद्ध परेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा अदालतले कारण देखाउ आदेश जारी गरेको हो । पाण्डेकी श्रीमती निरु दाहालले रिट दायर गरेकी थिइन् ।