Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सिइओ पक्राउले बैंकिङ शाख र स्थायित्वमा आँच आउनसक्ने

२०८३ बैशाख ३१ गते

बैंकिङ खबर / नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) का सीईओ ज्योतिप्रकाश पाण्डेलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति बैंक तथा वित्तीय संस्थाका छाता संघहरुले विरोध गरेका छन् । संयुक्त विज्ञप्ति मार्फत नेपाल बैंकर्स संघ, डेभलपेमन्ट बैंकर्स एशोसिएशन, नेपाल वित्तीय संस्था संघ र लघुवित्त बैंकर्स संघले विरोध जनाएका हुन् । उनीहरुले जारी गरेको विज्ञप्तिमा बैंक, वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ तथा नेपाल राष्ट्र बैंकबाट जारी नीति निर्देशनको अधिनमा रही आम सर्वसाधारणबाट निक्षेप संकलन गरी मुलुकको आर्थिक वृद्धि, रोजगारी सृजना तथा उद्यमशीलता विकासमा टेवा पुग्ने गरी कर्जा प्रवाह गर्दै आइरहेको व्यहोरा उल्लेख गर्दै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको दफा ५७ ले बैंक तथा वित्तीय संस्थालाई कर्जा असुली नभएको अवस्थामा असुलीका लागि विशेष अधिकार दिएको र यसकारण धितो लिलाम बैंकको प्राथमिक प्रक्रियाभित्र रहने र प्रमुख कार्यकारी अधिकृतको मूल दायित्वभित्र पर्ने उल्लेख गरेका छन् । विज्ञप्तिमा सर्वसाधारणको निक्षेप संकलन गरी जनविश्वासमा चल्ने बैंक जस्ता संस्थाको कर्जा असुली गरेको कारण प्रमुख कार्यकारी अधिकृतको पक्राउले बैंकको साख नै गिर्न सक्ने र बैंकको स्थायित्वमा आँच आउनसक्ने बताइएको छ ।