Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

लगानी कानुनमा संशोधन : बढी लगानी गर्नेलाई ‘लगानी भिसा’ उपलब्ध गराइने

admin २०८३ बैशाख २८ गते
सेयर:

बैंकिङ खबर / विदेशी लगानी सम्बन्धी कानुन संशोधन गरी स्वचालित मार्ग विस्तारीत गरिने भएको छ । नीति तथा कार्यक्रममा सरकारले तोकेभन्दा बढीको लगानी गर्ने लगानीकर्तालाई नेपालमा लगानी भिसा उपलब्ध गराइने उल्लेख छ । सरकारले व्यवसाय दर्तादेखि निर्माण अनुमतिसम्म ३० दिनभित्र सम्पन्न गर्ने लगानी एक्सप्रेस नीति लागू गरिने घोषणा गरेको छ । सरकारले नेपाललाई टेक हब बनाउन सूचना प्रविधि उद्योगलाई कर प्रोत्साहन दिने घोषणा गरेको छ । सरकारले लगानी एक्सप्रेस नीति लागू गर्ने जनाएको छ । दुवै संससदमा संयुक्त रुपमा सोमबार अगामी आर्थिक वर्ष २०८३/ ८४ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । जसमा वैकल्पिक विकास वित्त, डायस्पोरा पुँजी र निजी क्षेत्रको लगानी परिचालन गरेर पूर्वाधार क्षेत्रमा नयाँ वित्तीय मोडल ल्याइने घोषणा गरिएको छ । 

फाइनल नीति तथा कार्यक्रम 20830128_260511_170827
ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।