राजनीतिक नियुक्ति खाएका तीनवटै सरकारी बैंकका सञ्चालक समिति अध्यक्षले राजीनामा दिएका छन् । कृषि विकास बैंकका अध्यक्ष डिमप्रसाद पौडेल, राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष देवकुमार ढकाल र नेपाल बैंकका अध्यक्ष प्राध्यापक डा. डिल्लीराज शर्माले राजीनामा दिएका हुन् । अर्थ मन्त्रालयले तीनवटै बैंकका अध्यक्षलाई मन्त्रालयमा बोलाएर राजीनामा दिन लगाएको जनाइएको छ । अर्थ मन्त्रालयले तीनजनालाई नै मन्त्रालयमा बोलाएर राजीनामा दिएर सरकारलाई सहयोग गर्न आग्रह गरेपछि उनीहरुले राजीनामा दिएका हुन् ।
आजको विशेष
अर्थमन्त्रालयको निर्देशनपछि ३ वटै सरकारी बैंकका अध्यक्षले दिए राजीनामा !
ट्यागहरू:
