
बैंकिङ खबर / नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको अध्यक्षमा दुर्गाराज श्रेष्ठले उम्मेदवारी दिएका छन् । उनले आफूले नतिजामुखी काम गर्नका लागि र प्रदेश महासंघलाई सशक्त र भूमीकायुक्त बनाउने उदेश्यले उम्मेदवारी दिएको बताएका छन् ।
सबै जिल्ला नगर, वस्तुगत र एसोसियटका मतदाता उद्योगी व्यवसायीहरु समक्ष आफूलाई निर्वाचित गराउन आग्रह गर्दै उनले बुँदागत रुपमा आफ्ना एजेन्डासमेत प्रस्तुत गरेका छन् ।
१. भौतिक पूर्वाधारको विकास
बागमती प्रदेश महासंघको आफ्नै सुविधासम्पन्न भवन निर्माण गर्ने
२. संस्थागत सुदृढिकरण
जिल्ला नगर तथा वस्तुगत उद्योग वाणिज्य संघहरु एवम् एसोसियट सदस्यहरुको संस्थागत क्षमता अभिवृद्धि गर्ने
आयमूलक र आत्मनिर्भता प्रवद्र्धन सम्बन्धि कार्यक्रमहरु सञ्चालन गर्ने
स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारसहित उद्योग वाणिज्य महासंघसँग समन्वय गरेर उद्योगी व्यवसायीहरुको कानुनी तथा नीतिगत विषयहरुमा प्रभावकारी पैरवी गर्ने
३. एसएमईज प्रवद्र्धन
साना तथा मझौला उद्यम ९एसएमईज०लाई सहुलियत र कर छुट जस्ता सुविधा उपलब्ध गराउन पहल गर्ने
उद्यम र व्यवसाय दर्ता तथा नवीकरणमा एकद्वार प्रणाली लागू गर्न ठोस र सार्थक पहल गर्ने
मेला, महोत्सव र प्रदर्शनीहरु आयोजना गरेर साना तथा मझौला उद्यमहरुको उत्पादन तथा सेवाको बजारीकरणमा सहयोग गर्ने
४. नीतिगत सुधार
कर, लेखा, नापतौल र बजार अनुगमनलाई व्यस्थित बनाउने
स्थानीय तह र प्रदेश सरकारलाई उद्यम र व्यवसायमैत्री नीति तर्जुमा गर्न सहयोग गर्ने
५. डिजिटल रुपान्तरण
उद्यम व्यवसायलाई डिजिटल फ्रेमवर्कभित्र ल्याउन स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गर्ने
उद्यम व्यवसायमा डिजिटल प्रविधिको प्रयोगबारे प्रशिक्षण र तालिम कार्यक्रम सञ्चालन गर्ने
६. आद्योगिक विकास
बागमती प्रदेशभित्र पहिचान भएका औद्योगिक क्षेत्रहरुमा उद्योगीहरुले सहजै उद्योग स्थापना गर्न सक्ने वातावरण बनाउन भूमीका निर्वाह गर्ने
औद्योगिक क्षेत्रको जग्गा भाडा र अन्य दस्तुरहरु लगानीकर्ता मैत्री बनाउन पहल गर्ने
स्थानीय तहहरुमा पहिचान भएका र पहिचान हुने औद्योगिक ग्रामहरुलाई सम्बन्धित जिल्ला नगर, वस्तुगत र एसोसियट सदस्यहरुसँग जोड्ने
७. सशक्त प्रतिनिधित्व
उद्योगी व्यवसायीहरुलाई नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश पनि छ भनेर महशुस हुने गरी काम गर्ने
प्रदेश र केन्द्र सरकारसँग उद्योगी व्यवसायीका माग र मुद्दामा स्ट्रङ लविङ गर्ने
उद्योग वाणिज्य महासंघसँग समन्वय र सहकार्य गर्ने



