Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राजश्व चुहावट रोक्न सरकारले लियो एक्शन : सम्बन्धित निकायलाई पत्राचार

admin २०८२ चैत्र १९ गते
सेयर:

बैंकिङ खबर /  सरकारले राजस्व चुहावटलाई कडाई गर्ने भएको छ । सरकारी उच्च तहको बैठकमा राजश्व नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गरिने भएको हो । अर्थ मन्त्रालयमा बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले राजस्व चुहावट रोक्नका लागि अभियान रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकमा राजस्व चुहावट रोक्नका लागि विभिन्न विभागहरूले अर्थमन्त्री समक्ष व्रिफिङ गरेका थिए । बैठकमा अर्थमन्त्री, गृहमन्त्री, विभागीय प्रमुखहरु तथा तीनवटै सुरक्षा निकायका प्रमुखहरूको समेत उपस्थीति रहेको थियो । बैठकमा गृहमन्त्री सुधन गुरुङले राजस्व चुहावटलाई रोक्न शून्य सहनशीलताको नीति अपनाउन निर्देशन दिएका थिए । त्यस्तै सीमामा निगरानी बढाउने, बजार अनुगमनलाई तिब्रता दिने लगायतका विषयमा अर्थमन्त्री र गृहमन्त्रीबीच छलफल भएपछि सम्बन्धित निकायलाई निर्देशन दिइएको छ । राजस्व चुवावटलाई नियन्त्रण गर्न प्रभावकारी बनाएर जानुपर्नेमा जोड दिइएको छ । राजस्वको लक्ष्यमा पुग्नका लागि टास्क फोर्स गठन गरेर कार्ययोजना बनाउने निर्णय भएको छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक सुधारका लागि अर्को बैठकमा थप योजना अघि सार्ने भन्दै राजस्व चुहावट रोक्न सम्बन्धित निकायलाई पत्राचार गर्न निर्देशन दिएका छन् ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।